स्वास्थ्य तथा बिमा सचेतना

समाधान संवाददाता २०८१ वैशाख २५ गते ११:४९

पोखरा ।
सूर्यज्योति जीवन बिमा कम्पनीको आयोजनामा स्वास्थ्य तथा बिमा सचेतना कार्यक्रम भएको छ । शनिबार पोखरामा भएको कार्यक्रममा भूपू केसिनो संगठन पोखराका अध्यक्ष सुवेदार मेजर देबेन्द्र बम मल्लले यस प्रकारका कार्यक्रमले जनमानसलाई बिमा र स्वास्थ्यबारे धेरै जानकारी दिने जनाए ।


राखु सम्पर्क समाज पोखराका अध्यक्ष हर्कबहादुर भण्डारीले समाजमा आवद्ध सदस्यलाई बिमाको आवश्यकता, यसका फाइदा र भविष्यबारे जानकारी दिनु राम्रो काम भएको जनाए ।

कार्यक्रम संयोजक एमडीआरटी बिना गौतमले मानव जीवनमा स्वास्थ्यको महत्वमाथि प्रकाश पारिन् । उनले क्यान्सर, मृर्गौला जस्ता ३५ असाध्य रोगका बिरामीलाई सूर्यज्योतिले बिमामा समेटेको जनाइन् ।

Advertisement

तपाईको प्रतिक्रिया