पोखरा आदर्श स्कुलमा चेतनामूलक कार्यक्रम

समाधान संवाददाता २०८१ वैशाख २७ गते १२:२८

पोखरा ।
पोखरा आदर्श सेकेन्डरी स्कुलले कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई जनचेतना तथा अन्तक्र्रिया बुधबार सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा प्रशिक्षक प्रतीक्षा मल्लले किशोरीहरुको महिनावारी तथा रजस्वलाको समयमा आइपर्ने समस्या एवं समाधानका उपायहरुको बारेमा बताइन् ।

समाजमा महिनावारी भएका व्यक्तिलाई हेरिने नकारात्मक दृष्टिकोणलाई चिरेर जानुपर्ने धारणा व्यक्त गरिन् । सहप्रशिक्षक युनिका सापकोटाले विशेष गरी पहिलोपटक महिनावारी हुँदा विशेष सतर्कता अपनाउनुपर्ने धारणा व्यक्त गरिन् ।

Advertisement

कार्यक्रममा ७० जनाभन्दा बढी छात्राहरुको उपस्थिति थियो । विद्यालयका प्राचार्य फणीन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका सहप्राचार्य ज्ञानेश्वर सुवेदीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया