मुख्यमन्त्री अधिकारीको विश्वासको मत विरुद्ध रिटमा सुनुवाइ स्थगित

समाधान संवाददाता २०८१ वैशाख २७ गते १३:०१
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पोखरामा आइतबार पोखरामा पदभार ग्रहण गर्दै । । तस्बिर ः हरिप्रसाद बास्तोला /रासस

पाेखरा ।

मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मत विरुद्ध सर्वोच्च अदालतमा परेकाे रिटमा सुनुवाइ स्थगित भएको छ ।

निर्वतमान मुख्यमन्त्री एवमं कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मंगलबार दायर गरेको रिटमाथि सुनुवाइ गर्न बिहीबार पेशी तोकिएको थियो । सर्वाेच्चका पूर्वन्यायाधीश हरिजंगको निधनकाे खबर आएपछि सर्वोच्च अदालतका सबै मुद्दाका सुनुवाइ बिहीबार एकदिनलाई स्थगित गरिएको हो ।

Advertisement

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते गण्डकी सभाबाट विश्वासको मत लिएका थिए । उनको पक्षमा ३० र विपक्षमा २७ मत परेको थियो । राप्रपाका २ सांसद तटस्थ बसेका थिए । सभामुख बाहेक मतदानमा भाग लिने सांसदको संख्या ५९ थियो ।

तिनै ५९ मतदाताको बहुमत अर्थात ३० जना पक्षमा देखिएको हुँदा मुख्यमन्त्री अधिकारीलाई विश्वासको मता प्राप्त भएको घोषणा सभामुख कृष्णप्रसाद धितालले गरेका थिए । तर कांग्रेसले त्यसलाई बहुमत मान्न नसकिने भन्दै आपत्ति जनाएको थियो ।

Advertisement


प्रदेश सभा सदस्यका कुल संख्या ६० भएको हुँदा बहुमतका लागि ३० होइन ३१ नै चाहिने कांग्रेसको भनाइ छ । साेही तर्क राख्दै कांग्रेसले रिट दायर गरेकाे हाे ।

मुद्दामा अर्काे पेशी शुक्रबार २८ गतेलाई ताेकिएकाे छ ।

तपाईको प्रतिक्रिया