हिलसाइड माविमा रेडक्रस सर्कल र स्कुल क्याप्टेन बडी

समाधान संवाददाता २०८१ वैशाख २७ गते १५:१२

पोखरा ।
विश्व रेडक्रस दिवस (मे ८) तथा मातातीर्थ औँसीको उपलक्ष्यमा पोखराको हिलसाइड अंग्रेजी माध्यमिक विद्यालयमा बुधबार क्याप्टेनहरूको भेलाबाट स्कुल क्याप्टेन बढी र रेडक्रसकर्मी साधारण सदस्य विद्यार्थीहरूको भेलाबाट नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल हिलसाइड गठन गरिएको छ ।


कक्षा ९ मा अध्ययनरत सारा तामाङको अध्यक्षतामा गठन भएको स्कुल क्याप्टेन बडीको उपाध्यक्षमा आयुष क्षेत्री, सचिवमा पूर्णिमा भुजेल, कोषध्यक्षमा आयुषा अधिकारी र सहसचिवमा किस्मत थापा चयन भएका छन् । सदस्यहरूमा क्रमशः प्रिन्सा लुइँटेल, अनुज अधिकारी, कृतिका तिमिल्सिना, प्रमिश थापा, स्वस्तिका थापा, चिरञ्जीवी दाहाल र प्रकृति सुवेदी सर्वसम्मत चुनिएका छन् ।


कक्षा ९ मै अध्ययनरत आर्जन सुवेदीको अध्यक्षतामा गठन भएको नेपाली जुनियर तथा युवा रेडक्रस सर्कल हिलसाडतर्फ उपाध्यक्षमा सामना पौडेल, सचिवमा प्रियंका भण्डारी, कोषाध्यक्षमा संगम सिग्देल र सहसचिवमा सार्थक सुवेदी चयन भएका छन् । सदस्यहरूमा क्रमशः आज्ञा गौतम, रोनिश सुनार, सोमिया गुरुङ, संगम क्षेत्री, समीप पौडेल र एल्बिन सुवेदी सर्वसम्मत चयन भएका छन् ।

Advertisement


विद्यार्थीहरूलाई सहजीकरण गर्न स्कुल क्याप्टेन बडीमा विद्यालयका शिक्षक मीनप्रसाद सुवेदीलाई संयोजक र शिक्षिका ईशा अधिकारीलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ भने जुनियर तथा युवा सर्कलको शिक्षक नायकमा शिक्षक होमनाथ भट्टराई र सहनायकमा शिक्षिका अनिता पोडेललाई जिम्मेवारी तोकिएको छ ।


दुबै बाल संगठनमा भेलाबाट निर्वाचित विद्यार्थीलाई जिम्मेवारीको बोध गराउँदै विद्यालयका प्राचार्य डिल्लीराम भट्टराईले बधाईका साथ सम्मान गरेका थिए ।

Advertisement

आर्जन सुवेदी, आडिल भट्टराई, युुवराज भण्डारी, एन्जिला सुवेदी, इभाना भण्डारी, सक्षम आरडीलगायतका विद्यार्थीहरूले आमाको महिमागान गाउँदै आफ्नो कला विभिन्न माध्यमबाट प्रस्तुत गरेका थिए भने सम्पूर्ण विद्यार्थीहरू सहभागी हुने गरी चित्रकला तथा विभिन्न रचनात्मक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया