रेडक्रस दिवसमा वृक्षरोपण

समाधान संवाददाता २०८१ वैशाख २७ गते १५:३१

पोखरा ।
विश्व रेडक्रसको अवसर पारेर पोखरा २६ युवा रेडक्रस सर्कलले सरसफाई तथा वृक्षरोपण गरेको छ

पोखरा २६ को चापाको चौर स्थित रेडक्रस परिसरमा विभिन्न जातिका फुल, बोटबिरुवाहरू रोप्ने तथा सरसफाई कार्यक्रम गरिएको सर्कलका अध्यक्ष विकास रानाभाटले जानकारि दिए ।

मानविय सेवामा तत्पर रेडक्रसले सेवा गर्दै आएको हुनाले आफ्नो स्थापना दिवसमा कार्यक्रम गरेको उनले बताए ।

Advertisement

कार्यक्रममा नेरेसो पोखरा २६ उपशाखाका सभापति शैलेन्द्र मोहन भट्टराई , जुनियर युवा उपसमित कास्की सदस्य एल पि ढुंगाना , उपशाखाका सचिव एवम युरेस संरक्षक महेन्द्र ढुंगाना, लगाएतले रेडक्रस एक विशुद्व मानविय सेवामा समर्पित संस्था रहेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया