अमरसिंहचोक चौरमा सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

समाधान संवाददाता २०८१ वैशाख २७ गते १६:५४

पोखरा ।


पोखरा ।
पोखराबाट सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ परेका छन् । गत २४ गते अमरसिंह चोकको चौरमा रोकिएको बसभित्र लगेर बलात्कार गरेको आरोपमा मादी गाउँपालिका ९ का ३६ वर्षीय चन्द्रबहादुर थापा, वडा नम्बर १२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियार पक्राउ परेका हुन् ।


उनीहरुले खाजा खान जाम भनी बसमा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । खाजा खान जाम भनी ललाई फकाई खेलकुद मैदानमा पार्किङ गरी राखेको बसभित्र लगी बियरसमेत सेवन गर्न लगाएको कास्की प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी वसन्तकुमार शर्माले बताए ।

Advertisement

४० वर्षमाथिकी ती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले उनीहरुलाई २५ गते पक्राउ गरेको हो । तीनै जनालाई जिल्ला अदालतबाट जबरजस्ती करणी (सामूहिक) मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको शर्माले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया