बेनी—कोरला सडकमा ७ अर्ब रुपैयाँ खर्च
उत्तर—दक्षिण जोड्ने कोरला सडकको भौतिक प्रगति ८२ प्रतिशत

जोमसोम ।
उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर (बेनी—जोमसोम—कोरला)सडक आयोजनाको वित्तीय प्रगति ७ अर्ब ५ करोड ७ लाख ४८ हजार पुगेको छ । आयोजनाले सडक तथा पुलपुलेला निर्माणमा चालु आर्थिक वर्ष २०८०—०८१ सम्मका लागि विनियोजन भएको बजेट ८ अर्ब ३८ करोड ७८ लाख ५९ हजारमध्ये उक्त रकम खर्च गरेको हो । यो समग्र बजेटको ८३ प्रतिशत हो ।
उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक आयोजना आर्थिक वर्ष २०७३/०७४ देखि सुरु भएको हो । आयोजना सुरु भएयता हालसम्म विनियोजित बजेटमध्ये मूल्य समायोजनसहित समावेश भएकाले खर्च भौतिक प्रगतिको अनुपातमा केही बढी देखिन पुगेको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले उल्लेख गरे । उत्तर—दक्षिण जोड्ने कोरला सडकको अहिलेसम्मको समग्र भौतिक प्रगति ८२ प्रतिशत र वित्तीय प्रगति ७८ प्रतिशत रहेको उनले बताए ।
उत्तर—दक्षिण कोरला नाका जोड्ने व्यापारिक मार्ग विस्तारित आयोजनाका लागि चालु आर्थिक वर्षसम्ममा सडक स्तरोन्नतितर्फ ७ अर्ब ३५ करोड ३९ हजार विनियोजन भएकोमा चालु वर्षको वैशाख मसान्तसम्ममा ६ अर्ब ३५ करोड १९ लाख अर्थात् ८४ दशमलव ६५ प्रतिशत वित्तीय खर्च भइसकेको छ ।
रणनीतिक सडक तथा पुलपुलेला निर्माण र संरक्षणमा चालु वर्षसम्म आइपुग्दा ८८ करोड ४३ लाख विनियोजन भएकोमा ६५ करोड ३८ लाख अर्थात् ७३ दशमलव ९३ प्रतिशत वित्तीय प्रगति भइसकेको आयोजनाले जनाएको छ । यो खर्च मूल्य समायोजन खर्च अनुसार भएको आयोजनाका सूचना अधिकारी चापागाईंले जानकारी दिए ।
बेनी—जोमसोम—कोरला सडक आयोजनाका लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा सडक स्तरोन्नतितर्फ ७० करोड विनियोजन भएकोमा चालु वर्षको १० महिनामा ४५ करोड ६ लाख अर्थात् ६४ प्रतिशत वित्तीय खर्च भएको छ । सडक तथा पुलपुलेला निर्माण तथा संरक्षणमा २ करोड ८२ लाख विनियोजन भएकोमा १ करोड ७७ लाख अर्थात् ६३ प्रतिशत खर्च भएको आयोजनाका सूचना अधिकारी चापागाईंले बताए ।
यसअघिको आर्थिक वर्षसम्ममा आयोजनाका लागि आर्थिक वर्ष २०७३/०७४, २०७४/०७५, २०७५/०७६, २०७६/०७७, २०७७/०७८, २०७८/०७९ र २०७९/०८० गरी ७ आर्थिक वर्षमा सडक तथा पुलपुलेला गरी कुल ७ अर्ब ६५ करोड ९६ लाख ५९ हजार विनियोजन भइसकेकोमा ६ अर्ब ५३ करोड ७४ लाख ४८ हजार अर्थात् ८५ दशमलव ३४ प्रतिशत बजेट खर्च भएको हो ।
सडकतर्फ अघिल्लो आर्थिक वर्षसम्ममा ६ अर्ब ८० करोड ३५ लाख विनियोजन भएकोमा ५ अर्ब ९० करोड १३ लाख बजेट खर्च भएको थियो । पुल पुलेसातर्फ अघिल्लो आर्थिक वर्षसम्ममा ८५ करोड ६१ लाख विनियोजन भइसकेकोमा ६३ करोड ६१ लाख बजेट खर्च भइसकेको थियो ।
भारतीय नाकाबन्दीपछि आर्थिक वर्ष २०७३/०७४ सालदेखि सुरु भएको उत्तर—दक्षिण जोड्ने कोरला सडक आयोजनाका लागि ७ वटा खण्ड तय गरिएको थियो । जसअन्तर्गत बेनी—जोमसोम ७४ किमी दुरीको सडक ४ खण्ड र जोमसोम—कोरला ११० किमी सडक खण्डका लागि ७ खण्डमा विभिन्न निर्माण कम्पनीले सडक निर्माणको जिम्मा पाएका थिए ।
सुरुवाती चरणमा सुरु गरिएको सडक खण्डमध्ये जोमसोम—कोरला ७ खण्डमध्ये ६ खण्ड र बेनी—जोमसोम २ खण्ड गरी ६ वटा सडक खण्ड निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको छ । गौरवको कोरला सडक खण्डमध्ये थप नयाँ सडक खण्ड थपिँदै गइरहेका छन् ।
आयोजनाका सूचना अधिकारी चापागाईंका अनुसार मालढुंगा—बेनी १३ किमी कालोपत्रे सडक, बेनी—गलेश्वर ३ किमी कालोपत्रे सडक, जोमसोम—कागबेनी १३ किमी कालोपत्रे सडक र हालै छुसाङ चैले सडक थप स्तरोन्नतिका योजना प्राथमिकतामा परेका हुन् । जसमध्ये बेनी—गलेश्वर कालोपत्रे निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको छ ।
सडकतर्फ जोमसोमदेखि चराङसम्म र छोसेरदेखि कोरलासम्मको सडक आयोजनालाई हस्तान्तरण भइसकेको हो । तर, निर्माण कम्पनीको बेवास्ता र ढिलासुस्तीले चराङ—छोसेर सडक अन्तिम चरणमा पुगेर अलपत्र अवस्थामा रहेको जनाइएको छ । बेनी—जोमसोम ७४ किमी सडकको तेस्रो खण्ड मुस्ताङको कैकुदेखि खन्तीसम्मको २० किमी कालोपत्र सडक शर्मा गजुरमुखी जेभीले एक वर्ष अगावै आयोजनालाई हस्तान्तरण गरेको थियो ।
कोरला सडकमा निर्माणाधीन सडक अन्तर्गत मालढुंगा—बेनी ७८ प्रतिशत सम्पन्न भएको छ । बेनी—जोमसोम सडकको पहिलो खण्ड बेनीदेखि तातोपानीसम्मको १९ किमी कालोपत्र सडकको शर्मा युनाइटेड जेभीले ९० प्रतिशत, म्याग्दीको तातोपानीदेखि मुस्ताङको कैकुसम्मको १७ किमी कालोपत्र सडक शर्मा गजुरमुखी जेभीले ८५ प्रतिशत र मुस्ताङको खन्तीदेखि जोमसोम पक्कीपुलसम्मको १८ किमी कालोपत्र सडक पप्पु गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ८० प्रतिशत भौतिक प्रगति सम्पन्न गरेको आयोजनाले उल्लेख गरेको छ ।
पुल पुसेसा निर्माण तथा संरक्षण तर्फ आश्यकता अनुसार नयाँ योजना पनि थपिँदै छन् । कोरला सडक आयोजना अन्तर्गत पुल पुलेसातर्फ उपल्लो मुस्ताङको लोमान्थाङदेखि कोरला नाकासम्मको लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्मा खोला पुल गरी ४ वटा पुल हालै सम्पन्न भइसकेर आयोजनालाई हस्तान्तरण भइसकेको छ । जिम्मेवारी सरेर आयोजनालाई अख्तियारी दिइएको जोमसोम—कोरला सडकको पान्डाखोला पुल पनि केही वर्ष अघि सम्पन्न भइसकेको थियो ।
बेनी—जोमसोम सडक अन्तर्गत निर्माणाधीन राहुघाट खोला पुल, घट्टेखोला पुल, छाक्ताङ खोला पुल र लेते खोला पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भएको हो । यसै गरी आयोजना मार्फत रुप्से बेलिब्रिज, तातोपानी बेलिब्रिज र बेनीमा स्थानान्तरण गरिएको बेलिब्रिजसमेत सम्पन्न भएको छ ।
योसँगै पुलपुलेसातर्फ ९ वटा पक्की पुल र ३ वटा बेलिब्रिज गरी १२ वटा पुल निर्माणको काम सम्पन्न भएका आयोजनका सूचना अधिकारी चापागाईंले जानकारी दिए । उनका अनुसार जोमसोम—कोरला सडक खण्डमा निर्माणाधीन चराङ खोला पुल, घमीखोला पुल, छुसाङखोला पुल, मार्फाखोला पुल निर्माणाधीन अवस्थामा छन् ।
…
काभ्रेभीर सहज हुँदै
मुस्ताङ प्रवेश गर्ने सबैभन्दा अप्ठेरो र जोखिमयुक्त सडक काभ्रेभीर सडक पछिल्लो समय निकै नै सहज बन्दै जान थालेको छ । नेपाली सेनाले अप्ठेरो स्थानको चट्टान फोरर ट्रयाक खुला गरेको काभ्रेभीर सडकलाई आयोजनाले थप स्तरोन्नति गरेपछि यो स्थानको यात्रा सुरक्षित बन्दै जान थालेको हो ।
आयोजना अन्तर्गत सडक स्तरोन्नतिको जिम्मा पाएको शर्मा गजुरमुखीले रककटिङ गरी सडक चौडा गरेको र त्यहाँ १६ सय मिटर आरसीसी ढलान गरी सकेकाले बेनी हुँदै मुस्ताङ यात्रा सहज बनेको हो । त्यहाँको कतिपय भासिएको सडकमा आरसीसी वाल उठाएर माटो फिलिङ गरी सडक चौडा गर्ने काम भइरहेको आयोजनाका सूचना अधिकारी चापागाईंले बताए ।
‘काभ्रेभीरमा सुरुवाती ठेक्का गर्दा १६ सय मिटरको आरसीसी सडक तोकिएको थियो, त्यो पूरा भइसक्यो,’ सूचना अधिकारी चापागाईले भने, ‘अझै करिब ५ सय मिटर आरसीसी सडक विस्तार गर्नुपर्ने देखिन्छ, यसका लागि स्टमेट र भिओ प्रक्रिया गर्ने गृहकार्य भइरहेको छ ।’ बर्सेनि कालिगण्डकी नदीको कटानले काभ्रेभीर सडकको संरचनामा क्षति पुर्याउने भएकाले सडक तलको कालिगण्डकी नदीलाई च्यानलिङ गर्ने कार्य भइरहेको जानकारी दिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







‘समयसापेक्ष पाठ्यक्रम आवश्यक’
प्रगतिटोलमा योग शिविर
दीपशिखा सहकारीको सभा
रेडक्रसको ह्विलचेयर सहयोग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया