फेवासिटी अस्पतालका संस्थापक गुरुङको निधन

समाधान संवाददाता २०८१ जेठ ९ गते १३:५६

पोखरा ।
फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रालिका संस्थापक चेतबहादुर गुरुङको निधन भएको छ । बुधबार बिहान नयाँदिल्लीस्थित फोर्डिज अस्पतालमा उनको निधन भएको हो ।

उनी निमोनियाबाट ग्रसित थिए । उनको मृगौला फेल भएर केही अघि प्रत्यारोपण पनि गरिएको थियो ।

२०१६ सालमा गुल्मीको गैढुंगामा जन्मिएका गुरुङ हाल पोखरा १० रामघाटमा बस्छन् । उनका श्रीमती ईन्द्रा, तीन छोरी सूचीमा, सूवीचा र अवित्रीदेवी गुरुङ छन् ।

Advertisement

गुरुङले पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्रमुख भएर ३० वर्ष काम गरेका थिए । गुरुङ हाल फेवा एमआरआइका अध्यक्ष हुन् भने रोटरी क्लब अफ अन्नपूर्णमा समेत आवद्ध थिए । गुरुङ संस्थापक भएर पोखरामा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएल० सञ्चालनमा आएको थियो ।

गुरुङको शव शुक्रबार पोखरा आइपुग्ने छ । त्यसपछि अन्तिम संस्कारका प्रक्रिया अघि बढ्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया