न्याय निरुपणमा पोखराको न्यायिक समिति उत्कृष्ट: मेयर आचार्य

समाधान संवाददाता २०८१ जेठ ९ गते १६:५५

पोखरा ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसावले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको बताएका छन् ।


पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुनर्ताजगी तालिमको उद्घाटन गर्दै उनले,“न्याय सम्पादन निरुपण गर्न दिएको काममा राम्रो कार्यसम्पादन गरेको स्थानीय तहका रुपमा स्थापित भएको छ । महानगरमा आउने क्षेत्राधिकारभित्रका विवाद र समस्यालाई न्यायिक समितिले निरुपण गरेका हकमा अदालतबाट पनि सुरु समितिकै निर्णय सदर भएका छन् । यसले गदाँ यहाँको न्यायिक समिति उत्कृष्ट ठहरिएको छ ।”

Advertisement


मेयर आचार्यले न्यायिक समितिमा थुप्रै समस्या आएका छैनन । त्यो नआओस भन्नका लागि वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरिएको बताए । स्थानीय तह वडाका टोलटोलमा समस्या समाधान गर्न र सहजीकरणका लागि संयन्नत्रका रुपमा मेलमिलापकर्ताहरुको व्यवस्था गरेको बताउदै राज्यले मेलमिलापकर्तालाई गर्नुपर्ने सहयोग र सपोर्ट गर्न नसकिएको बताउँदै त्यसका लागि न्यायिक समितिसंग छलफल गरेर मिल्ने सहयोग गर्नेर्छौ मेयर आचार्यले बताए ।


पोखरा महानगरपालिकाका उपमेयर एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले विवाद समाधानको उपयुक्त उपाय भएको बताइन् ।“ मेलमिलापले विवादका दुवै पक्षलाई जितको अवस्था सृजना गर्ने भएकाले मेलमिलापले समाजमा सद्भाव कायम हुने गर्दछ ।”

Advertisement

उनले न्यायिक समितिलाई उत्कृष्ट बनाउन मेलमिलापकर्ताको सहयोग र साथले सम्भव नभएको बताउँदै तालिमले विवाद समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

न्यायिक समिति सदस्य कालिदास पोखरेलले मेलमिलापकर्तालाई सहज हुने बताए । तीन सम्म चल्ने तालिममा पोखरा महानगर १९ देखि ३३ नम्वर वडाका मेलमिलापकर्ताको सहभागीता रहेको छ ।

तपाईको प्रतिक्रिया