अन्तर्वार्ता
एनसेलको सधैं अन प्याकमा डाटा सकिएपछि ब्यालेन्स काटिन्न

डाटा, एसएमएस, कल सेवाको सुविधा र सोसल मिडिया लक्ष्य गरी सुलभ दरमा ल्याइएको यो यस्तो खालको प्याक नेपालकै पहिलो हो । यो प्याक लिएपछि भ्वाइस कल र डाटाका लागि ग्राहकले छुट्टाछुट्टै प्याक किन्नुपर्दैन ।
दूरसञ्चार क्षेत्रमा तपाईंको अनुभव र पृष्ठभूमि थाहा पाउन सकिएला?
म एनसेलमा ३ महिनादेखि कार्यरत छु । एनसेलमा म चिफ अफ स्टाफ, अपरेसनका रुपमा आवद्ध छु । दूरसञ्चारको क्षेत्रमा ३० वर्षदेखि कार्यरत छु । मैले ल्याटिन अमेरिकी मुलुक जमैका र ट्रिनिडान टोबागो लगायत देशमा काम गरेँ । खासगरी ग्राहक सेवा मेरो प्राथमिकतामा छ । ग्राहकलाई कसरी सन्तुष्ट बनाउन सकिन्छ, कसरी विश्वस्तरीय सेवा प्रदान गर्न सकिन्छ भन्नेमा मेरो ध्यान छ । एनसेलकै कुरा गर्दा पहिलापहिला जसरी धेरै ग्राहकले ग्राहक सेवामा सिकायतका कलहरु गर्नुहुन्थ्यो, अचेल त्यो मात्रा घटेको छ । अर्थात ग्राहक सेवा राम्रो हुँदै गएको छ । म फाइभजीमा काम गरेर, त्यही पुस्ताको इन्टरनेट प्रयोगकर्ताको अनुभव बटुलेर आएको छु । नेपालमा पनि उच्च र गुणस्तरीय इन्टरनेट सेवा दिनुपर्छ भन्नेमा मेरो ध्यान केन्द्रित छ ।
फाइभजी इन्टरनेट सेवा अनुभव गरेको मान्छे, नेपालमा आउँदाचाहिँ कस्तो अनुभव भयो ?
म नेपालमा आउँदा आफ्नो पुरानो समयमा फर्किएजस्तो अनुभव गरेँ । मेरो देश अमेरिकामा म फाइभजी इन्टरनेट प्रयोग गर्थें, कहिल्यै मोबाइलमा डाटा बन्द गर्नुपर्थेन, जति बेला पनि अन भइरहन्थ्यो । यहाँ नेपालमा आउँदा जीवनको पुरानो समयमा फर्किएजस्तो भयो । तर यहाँको डिजिटल क्षेत्रमा धेरै परिवर्तन गर्न सकिन्छ भन्ने लागेको छ । मेरो लक्ष्य मैले अनुभव गरेर आएको फाइभजी इन्टरनेट सेवा नेपालमा पनि दिने भन्ने हो ।
गण्डकी प्रदेशमा एनसेलको उपस्थिति कस्तो छ ?
गण्डकी हाम्रो एक प्रमुख बजार र प्राथमितकता क्षेत्र हो । यहाँ एनसेलको बजार हिस्सा ५५ प्रतिशत छ । हाम्रा ग्राहकमध्ये ७० प्रतिशतचाहिँ डाटा प्रयोगकर्ता हुनुहुन्छ । गण्डकीले एनसेलको वार्षिक आम्दानीमा उच्चस्तरको योगदान गरिरहेको छ । नेपालभर एनसेलका कुल ग्राहकहरूमध्येचाहिँ गण्डकीको हिस्सा १० प्रतिशत छ र यहाँ सेवा प्रवाह गर्नका लागि हाम्रा ५०० भन्दा बढी टावरहरु छन् । यहाँका ९० प्रतिशत जनसंख्यामाझ हाम्रो फोरजी सेवा पुगिसकेको छ । पोखरा र दमौलीमा ग्राहक सेवा केन्द्र छन् । ती केन्द्रमा मासिक ६५ सय ग्राहक आउनुहुन्छ । र, हाम्रो महत्वपूर्ण डाटा सेन्टर पनि यही प्रदेशमा छ । यहाँ १३ सय ५० भन्दा बढी प्वाइन्ट अफ सेल्स् छन् र ६ हजारभन्दा बढी खुद्रा बिक्रेता हुनुहुन्छ ।
पहिला एनसेलका थुप्रै अफर र प्याकहरु थिए । हालै आएर त्यसलाई २० जतिमा घटाएको छ । किन ?
हो, यसअघि हामीसँग धेरै प्याकहरु थिए, जसबाट ग्राहकहरूमा अन्योल सिर्जना भएको हामीले पायौं र तिनलाई सरल बनाउँदै २० वटामा झारेका छौं । अहिले त खास गरी हामीले ८ वटा ‘सधैँ अन’ प्याकलाई फोकस गरेका छौं । आफ्नो आवश्यकता अनुसार ग्राहकले सजिलोसँग छनोट गरेर चलाउन सक्ने सुविधा होस् भन्ने हाम्रो चाहना हो । ‘सधैँ अन’ प्याक ग्राहकहरुले अबदेखि मोबाइलमा डाटा सधैँ अन गरिरहन सक्ने तरिकाले बनाएका छौं ।
‘सधैँ अन’ प्याक लिएपछि प्याकको डाटा सकिएपछि ब्यालेन्स काटिन्छ कि भनेर चिन्ता लिनुपर्दैन । प्याक सकिएपछि ब्यालेन्स काटिन्न
यो ‘सधैँ अन’ चाहिँ खास कस्तो प्याक हो ?
डाटा, एसएमएस, कल सेवाको सुविधा र सोसल मिडिया लक्ष्य गरी सुलभ दरमा ल्याइएको यो यस्तो खालको प्याक नेपालकै पहिलो हो । यो प्याक लिएपछि भ्वाइस कल र डाटाका लागि ग्राहकले छुट्टाछुट्टै प्याक किन्नुपर्दैन । ९८ रुपैयाँदेखि १४९९ रुपैयाँसम्मका प्याक ग्राहकले आवश्यकता अनुसार रोज्न सक्नुहुन्छ । यो प्याक किन्न पनि धेरै सजिलो छ । एनसेलको एपबाट पनि किन्न सकिन्छ, वा स्टार १२३ ह्यास डायल गरी पनि किन्न मिल्छ ।
‘सधैँ अन’ प्याक लिएपछि प्याकको डाटा सकिएपछि ब्यालेन्स काटिन्छ कि भनेर चिन्ता लिनुपर्दैन । प्याक सकिएपछि ब्यालेन्स काटिन्न । अहिलेलाई यो प्याक प्रिपेड ग्राहकका लागि मात्रै छ । पोस्टपेडका लागि अझै फरक सधैं अन प्याक आउँछ । अनि सबैजना साँच्चीकै सधैं अन रहन धेरै मद्दत पुग्नेछ ।
नेपाल, जहाँका आम उपभोक्ताको क्रयशक्ति कमजोर छ, त्यहाँ इन्टरनेट सेवा महँगो भएको महसुस गर्नुभएको छैन र?
तपाईं डाटा, भ्वाइस कल, एसएमएस र सोसल मिडियाका लागि पाइने डाटा भोल्युमको छुट्टाछुट्टै हिसाब गर्नुहुन्छ भने ‘सधैं अन’मा पाइने सेवा पहिला भन्दा दुई गुणा सस्तो भएको छ । सधैं अनमा पनि आधारभूत अर्थात बेसिक, सर्वाेत्कृष्ट अर्थात बेस्ट र असीमित अर्थात अनलिमिटेड गरी ३ थरी छनोटका विकल्प छन् । डाटा नै भविष्य हो र सधैं अनले नेपालको डिजिटल यात्रामा ठूलो योगदान पुर्याउने विश्वास लिएका छौं ।
नेपालको डिजिटलाइजेसनका लागि सधैं अनको योगदान के हुनसक्छ ?
खासमा नेपालको डिजिटलाइजेसनका लागि एनसेलको तर्फबाट यो एउटा आधारभूत खुटकिलो हो र यसले फाइभजीका लागि आधार तयार गर्ने छ हाम्रो विश्वास छ । फाइभजीका लागि यो महत्वपूर्ण र सार्थक प्रयास हो । हामी नेपालीलाई फाइभजी इन्टरनेटका लागि तयार गरिरहेका पनि छौं । नेपालीले निर्धक्कसाथ आफ्नो डाटा ‘सधैँ अन’ गर्ने सामथ्र्य राख्न सकून भन्ने चाहन्छौं । आजको समयमा इन्टरनेट भनेकै मोबाइलबाट प्रयोग गर्ने र यसले नै धेरै कुरा अनलाइनबाट गर्न सकिने भएकाले अब डाटा अफ गरेर बस्ने जमाना छैन ।
एनसेलले आफ्ना ग्राहकको सेवा, सुविधा र सेवाको गुणस्तरका सम्बन्धका बारेमा अरु के–के गरिरहेको छ ?
हामीले नेपालमा झण्डै विगत २० वर्षदेखि सेवा प्रवाह गरिरहेका छौं । र, हामीलाई थाहा छ कि नेपालीलाई कस्तो सेवा र सुविधा चाहिन्छ । हामीले विश्वस्तरीय सेवा दिइरहेका छौं भन्नेमा हामीलाई गर्व छ । अघि पनि मैले भनेको छु कि हाम्रा ग्राहक सेवा केन्द्रमा ग्राहकका सिकायतका फोनकलहरु आउन कम भएको छ, त्यो हामीले हाम्रो सेवा र गुणस्तरमा वृद्धि गरेको सूचक हो भन्ने ठान्छौं । हाम्रो एनसेल एप १० लाखभन्दा बढी डाउनलोड भएको छ र पछिल्लो त्रैमासमा मात्र २० प्रतिशतले हाम्रा सक्रिय ग्राहक थपिन’ले हाम्रो विश्वसनीयता अझै धेरै वृद्धि भएको देखाउँछ ।
अघि नै भन्नुभयो, ग्रण्डकी प्रदेशमा एनसेलको बजार हिस्सा राम्रो छ, यो प्रदेशले एनसेलको आम्दानीमा ठूलो योगदान गरेको छ । अनि एनसेलले चाहिँ यो प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को क्षेत्रमा के गरेको छ ?
जिम्मेवार कर्पोरेट नागरिक हुनुको नाताले हामीले सामाजिक उत्तरदायित्वका कार्यहरुमा निरन्तर ध्यान दिदै आएका छौं । हामी यो मुलुकको एउटा सबैभन्दा ठूलो करदाता पनि हौं । हामीले विभिन्न कर तथा शुल्क वापत सरकारलाई ३०० अर्ब रुपैयाँभन्दा बढी रकम तिरिसकेका छौं । साथै हामीले शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा १ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको खर्च गरी विभिन्न सामाजिक कार्यहरु गरेका छौं । गण्डकीका ५ विद्यालयमा आधुनिक आइटी ल्याब स्थापना गरेका छौं ।
जसबाट २३ सय विद्यार्थी प्रत्यक्ष लावान्वित भएका छन् । अरु विभिन्न विद्यालयहरुमा त्यहाँका आवश्यकता अनुसार कक्षाकोठा निर्माण, पूर्वाधार, शैक्षिक सामाग्री वितरण, फर्निचर, पानीको प्रबन्ध मिलाउने जस्ता कार्यहरु गरेका छौं । एनसेलको प्रायोजनमा भएका एनसेल बाह्रखरी गल्फले पनि यो प्रदेशको विकास तथा प्रवद्र्धनमा सहयोग पुर्याउँदै आएको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया