लामाचौरको अल्फा बोर्डिङमा साहित्य उत्सव

पोखरा ।
पोखरा १६, लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा मिनी लिट्रेचर फेस्टिभल सम्पन्न भएको छ । फेस्टिभलमा साहित्य, संगीत र विज्ञान विषयक चर्चा भए । उक्त कार्यक्रममा भूपिन, गनेस पौडेल, सुनील उलक तथा त्रिवेणीले विभिन्न विषयमा चर्चा गरे ।
कार्यक्रमको सुरुवातमा सुनील उलकले पोखरा शहरको इतिहासबारे चर्चा गरे । मूलत: पोखरेली शिक्षा र समाजको इतिहास उक्त चर्चाका विषय थिए ।
त्यसैगरी, कवि भूपिन र लेखक गनेस पौडलसँग विद्यालय शिक्षा, पठन संस्कृति तथा ज्ञानको चरणबारे कुरा गर्न त्रिवेणीले सहजकर्ताको भूमिका निर्वाह गरे । सँगै ‘आजको विज्ञान’ शीर्षकमा सुरेन्द्रमानसिंह भण्डारीले वक्ता त्रिवेणीलाई सहजकर्ताको भूमिकामा साथ दिए ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुको कविवाचन, गायन तथा नृत्य प्रस्तुति समेत रह्यो । कार्यक्रममा उद्घोषकको भूमिकामा विद्यालयकै शिक्षिका भारती गौतम थिइन् ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया