रोल्पा पोखरा समाज परिसरमा वृक्षरोपण
समाधान संवाददाता
२०८१ साउन ६ गते ११:४१

पोखरा ।
रोल्पा पोखरा समाजले शनिबार आफ्नो समाज भवन परिसरमा वृक्षरोपण कार्यक्रम गरेको छ । पोखरा निर्मल टोलमा रहेको समाज भवनमा वृक्षरोपण गरिएको समाजका पूर्वअध्यक्ष प्रसाद बुढामगरले जानकारी दिए । आर्थिक आम्दानीसँग पनि जोड्न सकिने प्रजातिको विरुवा रोपेको र त्यसले पर्यावरणीय दृष्टिकोणले पनि फाइदा हुने बुढामगरले बताए ।
उनका अनुसार वृक्षरोपण कार्यक्रममा समाजका सम्पूर्ण सल्लाहकार र सदस्यहरुको उपस्थिति थियो । साथै सोही अवसरमा समाजका संस्थापक सचिव रामप्रसाद रोकामगरलाई पनि सम्मान गरिएको थियो । १ दशक लामो दक्षिण कोरिया बसाइँपश्चात नेपाल फर्किएका समाजसेवी रामसहित उनकी पत्नी मनसरा रोकामगरलाई सम्मान गरिएको बुढामगरले जानकारी दिए ।
सम्बन्धित







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया