नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने १२ गाडीलाई कारबाही सिफारिस

पोखरा ।
जिल्ला अनुगमन समिति कास्कीले निषेधित अवधिमा खोला तथा नदीमा गएर नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने १२ सवारी साधनलाई कारबाहीका लागि सिफारिस गरेको छ । समितिको आइतबारको बैठकले ढुंगा गिटी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी संशोधन सहितको मापदण्ड २०७७ को दफा ३ (ख) बमोजिम ११ टिपर र एक ट्याक्टरलाई कारबाही गर्न पोखरा महानगरपालिका नगरकार्यपालिकालाई लेखिपठाउने निर्णय भएको हो । समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले वर्षातका असार, साउन र भदौ महिनामा नदी तथा खानीजन्य सामग्रीको उत्खनन् र ओसारपसार गर्न नपाइने व्यवस्था रहेको बताउनुभयो ।
यसविपरीत काम गर्ने ग१क १५१५, ग१क ६२१४ , जिएए ००७६, बा४ख ३३२१, ग२ख १४५, ग१क २४०२, ग२ख ३२८, ग२ख ११५६, ग१क ६३९२, ग१क ५११३ र ग१ ख ७९९० नम्बरका ११ टिपरलाई कारवाही गर्न सिफारिस गरिएको हो । ग१त ७०१२ नम्बरको ट्याक्टरलाई समेत कारवाही गर्न सिफारिस गरिएको छ । ती सवारी साधनहरू जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले गएको असार १५ गते नदीजन्य पदार्थ लोड गर्ने क्रममा पोखरा महानगरपालिका वडा न १९ दसखेत घाटबाट पक्राउ गरी कारबाहीक लागि जिल्ला अनुगमन समितिमा पेश गरेको थियो । नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री प्रक्रिया अनुगमन गर्न यो समिति बनेको हो ।
असार मसान्तअगावै तोकिएको परिमाणको सामग्री उत्खनन् गरी सो क्षेत्रबाट बाहिरिनुपर्ने सम्झौतामा उल्लेख गरिए पनि सोको पालना नगरी स्टक नै नभएको अवस्थामा स्टक छ भनी ब्लु ब्रिक्स कन्स्ट्रक्सन प्रालिलाइ असार ९ गते कार्यादेश दिने कर्मचारीलाई समेत छानबिनसहित प्रचलित ऐन, कानुन बमोजिम कारबाही गरी सोको जानकारी पेश गर्न पोखरा महानगर कार्यपालिकालाइ भनिएको छ ।







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया