कास्कीको डिएसपी भन्दै धम्क्याउने पोखराका एक युवक पक्राउ
समाधान संवाददाता
२०८१ साउन ८ गते १८:१८

पोखरा ।
प्रहरी हुँ भन्दै ह्वाट्सएप तथा टेलिग्रामद्वारा विभिन्न व्यक्तिलाई सम्पर्क गरी धम्क्याएको आरोपमा पोखरा १६ बाटुलेचौरका २१ वर्षीय सुजीत क्षेत्री पक्राउ परेका छन ।
‘म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी (डिएसपी) हुँ, तपाईहरुको केही काम छ भने भन्नुहोस गरिदिन्छु’ लगायतका धम्क्की र आश्वासन दिने क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।
क्षेत्रीबिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया