विपदमा परी १ सय ३९ जनाको मृत्यु
समाधान संवाददाता
२०८१ साउन १२ गते ५:४७

काठमाडौं । मौसमजन्य विपद्मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशीमा २२, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
बाढीपहिरामा परी कोशी र बागमती प्रदेशमा दुई÷दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक÷एक गरी छजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपद्मा परी एक सय ५६ जना घाइते भएका छन् ।
बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् भने दुई सय ३८ घर, ८६ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट चार हजार ३० घरपरिवार विस्थापित भएका छन् ।
सम्बन्धित






चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया