सञ्चार मन्त्री गुरुङ मणिपाल पुगेर बुझे बिरामी सुवेदीको अवस्था

समाधान संवाददाता २०८१ साउन १२ गते १६:३२

सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ब्रेन हेमरेज भएर उपचार गराइरहेका कास्कीको भाचोक गाविसका पूर्वअध्यक्ष आनन्द सुवेदीको अवस्थाबारे बुझेका छन् । लमजुङ जाने उद्देश्यले शुक्रबार राति पोखरा आएका मन्त्री गुरुङ शनिबार मणिपाल शिक्षण पुगेर सुवेदीको स्वास्थ्य अवस्था बुझेका हुन् । उनलाई मणिपालका मेडिकल डाइरेक्टर डा अभिषेक मास्केले सुवेदीको अवस्थामा क्रमिक सुधार आइरहेको जानकारी गराएका थिए ।

Advertisement

४ दिनअघि सुवेदीलाई ब्रेन ह्यामरेज भएको थियो । विद्यार्थी राजनीति गरेका र त्यसपछि गाविस अध्यक्ष भएका सुवेदी पछिल्लो समय अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा कार्यरत छन् ।

सञ्चार मन्त्री गुरुङ मणिपाल पुग्दा अस्पतालका निर्देशक नारायण पाैडेलले र मेडिकल डाइरेक्टर डा मास्केले अस्पतालमा पछिल्लो समय थपिएका सुविधा लगायत विषयमा पनि जानकारी गराएका थिए । मन्त्री गुरुङले नेपालीको स्वामित्वमा आइसकेपछि मणिपालमा भएका परिवर्तन र अस्पतालको अवस्थाबारे चासो राखेका थिए । उनले अस्पतालका विभिन्न वार्डसमेत निरीक्षण गरी जानकारी लिए ।

तपाईको प्रतिक्रिया