पोखरामा पत्रकार कुटपिट गर्ने ४ जना पक्राउ
समाधान संवाददाता
२०८१ साउन १३ गते १५:४२

कास्की ।
पोखरामा आइतबारदेखि यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा पृथ्वीचोकमा रिपोर्टिङमा खटिएका पत्रकारमाथि कुटपिट भएको छ । पत्रकारद्वय बिना थापा मगर र सुरज थापा मगरमाथि सांघातिक आक्रमण भएको हो ।
बिना पोखरा टेलिभिटन र सुरज गण्डकी भ्वाइसमा कार्यरत छन् । उनीहरुलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जनालाई पक्राउ गरेको छ । सुर्य बहादुर नेपाली, बुद्दि बहादुर बयलकोटी, प्रशन गुरुङ र सन्तोष बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले जानकारी दिए । अन्य आक्रमणकारीको खोजी कार्य भइरहेको एसपी थापाले बताए ।
एसपी थापाले भने, ‘यो घटनामा संलग्नलाई अभद्र व्यवहार कसुरमा मुद्धा चल्छ ।’ पत्रकारद्वयमाथि आक्रमण भएपछि पत्रकारहरुले प्रहरी कार्यालयमा पुगेर जाहेरी दिएका थिए ।
सम्बन्धित







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया