लेकसाइडमा प्रहरीको भ्यान दुर्घटना, छानबिन समिति गठन

पोखरा ।
लेकसाइड शान्तिपाटनस्थित चौबाटोमा साउन १३ गते राति प्रहरीको भेन दुर्घटनामा परेको छ । प्रहरी कार्यालय बैदामको ग १ झ ५५१ नम्बरको प्रहरी भ्यान दुर्घटना हुँदा गाडीमा सवार ४ मध्ये एक जना घाइते भएको कास्की प्रहरीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
घाइते प्रहरीको घुडामा चोट लागेको डिएसपी शर्माले जानकारी दिए । प्रहरीको गाडी नै दुर्घटनामा परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले एसपी मोहन थापाको नेतृत्वमा छानबिन समिति बनाएको डिएसपी शर्माले जानकारी दिए । यद्यपि घटनाबारे अनुसन्धान गर्ने समय सीमा तोकिएको छैन । प्रहरीले लापरवाही गरेर सवारी चलाउँदा प्रहरी भ्यान दुर्घटनामा परेको स्थानीयहरुले बताएपछि प्रहरी कार्यालयले छानबिन समिति बनाएको हो ।
प्रहरीको गाडी शान्तिपाटनस्थित चौबाटोमा रहेको चौतारीमा ठोक्किएर चौतारीमा क्षेती पुगेको ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । सो चौतारी टान गण्डकीकै सौजन्यमा बनाइएको थियो । प्रहरीले चलाएको सो भ्यानले चौतारी भत्काएपछि स्थानियले घेराउ गरेका थिए । स्थानीयहरुले प्रहरीले मापसे गरेको आरोप लगाएका छन् । स्थानीयले सवारी चलाउने चालकलाई कारबाही हुनुपर्ने र चौतारी पुननिर्माण गरिदिनुपर्ने भन्दै भ्यान लैजान अवरोध गर्ने प्रयास गरेका थिए ।
यद्यपि डिएसपी शर्माले गाडीको ब्रेक फेल भएको बताए । प्राविधिकलाई देखाउँदा गाडीको ब्रेक फेल भएको उनले सुनाए । स्थानीयहरुको अवरोधका बिच प्रहरीले अस्ति नै क्रेनको सहायताले भ्यान उचालेर लगेका थिए ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया