कालिका बहुमखी क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण

समाधान संवाददाता २०८१ साउन १५ गते २०:०२

पोखरा । कालिका बहुमुखी क्याम्पस पोखरामा कक्षा ११ विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकीमा भर्ना भएका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच अभिमुखीकरण तथा स्वागत गरिएको छ ।

Advertisement

क्याम्पस प्रमुख बिरन्जी गौतमले यस क्षेत्रको उत्कुष्ट क्याम्पसको सदस्य बन्न सफल भएकोमा सम्पूर्ण नव–आगन्तुक विद्यार्थीहरु बहिनीहरुलाई हार्दिक बधाई दिदै, क्याम्पस स्थापनाकाल देखि हालसम्म भएका उपलब्धिहरु, क्याम्पसको भिजन, मिसन, लक्ष्यका साथै विद्यार्थीहरुले क्याम्पस प्रति गर्नु पर्ने दायित्व र क्याम्पसको आचार सहिताका बारेमा प्रस्तुतीकरण गरे ।

निर्वतमान क्याम्पस प्रमुख रवीन्द्रनाथ बास्तोलाले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरी उच्च शिक्षा हासील गर्नबाट कोहि पनि बञ्चित नहोस् र अध्ययनका लागि अन्यत्र जान नपर्ने गरी क्याम्पसले विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण आधारभुत कुराहरुको व्यवस्था मिलाइएको जानकारी गराए ।

उनले कालिका क्याम्पसमा अध्ययन पूरा गरेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा क्रियाशील भई सफल रहेको बताए ।
कक्षा १२ विज्ञानको विद्यार्थी आकृती ढकालले आपुू यस क्याम्पसमा छनौट भई अध्ययन गर्न पाउँदा आफूलाई भाग्यमानी भएको बताइन् । विज्ञान विषयमा अध्यापन गराउन गुरुहरु आफ्ना प्रेरणको स्रोत बनेको भन्दै क्याम्पसका ल्यावहरु, अतिरिक्त क्र्रियाकलापहरु, शौचालय, सेनेटरी प्याड मेशिन, शुद्ध खाने पानीको व्यवस्था उत्कुष्ट रहेको बताइन ।

त्यसै गरी व्यवस्थापन संकायका विद्यार्थी मिनाक्षी विकले कक्षा कोठामा अध्ययनका साथ साथै त्यससँग सम्बन्धित विभिन्न व्यावहारिक र प्रयोगात्मक ज्ञान प्रदान गरेको हँुदा आफूले सैद्धान्तिक ज्ञानका साथै सिपको पनि विकास भएको बताए ।
कार्यक्रममा व्यवस्थापन संकायका विभागीय प्रमुख सन्तोषमणि लामिछानेले आफू यहि क्याम्पसमा अध्ययन गरी आज यो अवस्थामा आई पुगेको विचार व्यक्त गरे । उप–प्राध्यापक साम्राज्ञी थापाले सामुदायिक क्याम्पस भइकन पनि अति उत्कृष्ट वाताबरण निर्माण भएकोमा खुसी व्यक्त गरिन् ।

Advertisement

क्याम्पसका सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाको अध्यक्षातामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख युवराज गुरुङले गरेका थिए ।

तपाईको प्रतिक्रिया