ङयोए तमु धीको अध्यक्षामा मेजर रामप्रसाद गुरुङ दोहोरिए

लेखनाथ । ङयोए तमु धीको अध्यक्षामा मेजर रामप्रसाद गुरुङले निरन्तरता पाएका छन् । शनिबार भएको संस्थाको २३ औं साधारण सभा तथा १० औं अधिवेशनबाट उपाध्यक्षमा सुवेदार मेघबहादुर गुरुङ, प्रथम महिला उपाध्यक्षमा काशीमाया गुरुङ, महासचिवमा राजु गुरुङ, उपमहासचिवमा तारादेवी गुरुङ र कोषाध्यक्षमा मनदेवी गुरुङ निर्वाचित भए ।
सदस्यमा विष्णुप्रसाद घले, विष्णु गुरुङ, खेमबहादुर गुरुङ, तीजमाया गुरुङ, बेलमाया गुरुङ, दुर्गाबहादुर गुरुङ, सूर्यबहादुर गुरुङ र चुनबहादुर गुरुङ छन् । सभामा पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले कुनै पनि समुदायको पहिचान त्यो समुदायको भाषा, संस्कृति भएकाले तमु समुदायको भाषा, संस्कृति संरक्षणका लागि तमु पाठशालाको स्थापना गनुपर्नेमा जोड दिए ।
तमु पाठशला स्थापनाका लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्दै वडाको तर्फबाट पनि सक्दो सहयोग गर्ने उनको भनाइ । पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले तमु समुदायको हक, अधिकार स्थापित गर्न सबै एकतावद्ध हुनुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चिनबहादुर गुरुङ, महासचिव काशीमाया गुरुङ, तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, देवी गुरुङ, संस्थाकी कोषाध्यक्ष बुद्धिकुमारी गुरुङ लगायतले बोलेका थिए ।








फूलबारीको प्रगति टोल विकास संस्थामा गुप्ती गुरुङ
प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीबाट एमालेमा युवा आकांक्षी कम
आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक
गोरखाका ७०६ विद्यार्थीलाई न्यानो कपडा : चिसोमा स्कुल जान सहज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया