पोखरा विजयपुर खाेलामा मृत भेटिएका शिशुको बुबाआमा खोज्दै प्रहरी !

समाधान संवाददाता २०८१ असोज १५ गते १६:५४

पोखरा ।
असोज १३ गते पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे विजयपुर खोलामा मृत भेटिएका शिशुको पहिचान अझै खुल्न सकेको छैन । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा असोज ११ गते जन्मेका शिशु असोज १३ गते तीन दिनमा मृत भेटिएका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शिशुकाे शव छ । उनको अझै पोस्टमाटमसमेत भएको छैन ।

Advertisement


अस्पतालले उनको स्वास्थ्य अवस्था सामान्य भएपछि असोज १२ गते डिस्चार्ज गरेकाे थियाे । तरऽ पोखरा १४ विजयपुर खाेला किनारामा झोलामा १३ गते उनकाे शव भेटिएको थियो । बेवारिसे अवस्थामा शिशुको शव भेटिएपछि कास्की प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।


स्रोतका अनुसार प्रहरीले शिशुका अभिभावक पहिचान गर्न अहिले नदी किनाराका सिसीटिभी फुटेज हेरिरहेको छ । प्रहरीले यसबिचमा शिशुका अभिभावकको नाम ठेगना पत्ता लगाइसकेको छ । ठेगना पत्ता लागेपनि ती अभिभावक सम्पर्कमा भने आइपुगेका छैनन् । उनीहरु परिवारको सम्पर्कमासमेत छैनन् । प्रहरी स्रोतका अनुसार ती जोडिएको विवाह १० वर्षअघि भएको हो ।

Advertisement


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरतबहादुर खत्रीले शिशु र आमा अस्पतालबाट सकुशल डिस्चार्ज भएको पुष्टिसमेत गरेका छन् । उनीहरुको स्थायी ठेगना बागमती प्रदेश नुवाकोटमा हो । उनीहरुले बच्चा डिस्चार्ज भएपछि बर्थ अस्सपतालबाट बर्थ सटिफिकेट लिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया