बैंकिङ कसुरमा फरार ८५ जना पक्राउ
समाधान संवाददाता
२०८१ असोज १५ गते १७:१९

पोखरा ।
वडा प्रहरी कार्यालय कास्कीले बैंकिङ कसुरमा फरार रहेका ८५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । साउनदेखी यता बैंकिङ कसुरको मुद्दामा ८५ जना पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख नायव उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।
बैंकिङ मुुुुुुद्दासहित अन्य मुद्दामा फरार रहेका १ सय ६ जनालाई यो बिचमा पक्राउ गरिएको निरौलाले जानकारी दिए । यसमध्ये अभद्र व्यवहारमा ४ जना, चोरीमा ४ जना, लागूऔषधमा ६ जना, वन मुद्धामा २ जना, बाल यौन तथा अपहरण मुद्दाका २ जनालाई नियन्त्रणमा लिएको निरौलाले जानकारी दिए ।
उनका अनुसार हातहतियार मुद्धाका १ जना र घरेलु हिंसा मुद्धाका २ जना पनि पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरीले यो आर्थिक वर्षमा हालसम्म प्रदेशका ११ ओटै जिल्लाबाट २५६ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ ।
सम्बन्धित








फूलबारीको प्रगति टोल विकास संस्थामा गुप्ती गुरुङ
प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीबाट एमालेमा युवा आकांक्षी कम
आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक
गोरखाका ७०६ विद्यार्थीलाई न्यानो कपडा : चिसोमा स्कुल जान सहज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया