पोखराको वडा १२ कार्यालयले थाल्यो अनुगमन

पोखरा । पोखरा महानगर १२ नम्बर वडा कार्यालयको नेतृत्वमा मंगलबारदेखि पोखरामा विशेष बजार अनुगमन सुरु भएको छ ।
वडाध्यक्षको नेतृत्वमा पोखरा १२ का विभिन्न उपभोक्तासँग प्रत्यक्ष जोडिने व्यावसायिक स्थलहरुमा अनुगमन गरिएको छ ।
बजारमा अस्वभाविक भइरहेको मूल्यवृद्धि र अखाद्य मिसावटविरुद्ध वडाले विशेष अनुगमन सुरु गरेको हो । यस अन्तर्गत विशेषगरी दैनिक उपभोग्य वस्तुका ठूला विक्रेतादेखि खुद्रा विक्रेताहरुकोमा वडा अध्यक्षको अनुगमन टोली पुग्नेछ ।
मुख्यरुपमा बजारमा भइरहेको कालोबजारी, अखाद्य वस्तुको बिक्री वितरण, अस्वभाविक मूल्यवृद्धि, मिसावट, मिति नाघेका खाद्य पदार्थको बिक्री वितरण नियन्त्रण गर्नेगरी अनुगमन सुरु गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।
उपभोग्य वस्तको गुणस्तरहीनता र जुनसुकै बाहनामा भइहरको कालोबजारीलाई निरुत्साहित गर्न विशेष अनुगमनका लागि महानगरपालिले वडालाई निर्देशन दिएको थियो । चाडपर्व नजिकिँदै गर्दा बजारमा अभावको कारण देखाउँदै मूल्य बढाउने क्रम तीव्र भएको छ । जसका कारण उपभोक्ता मारमा परेका छन् ।









फूलबारीको प्रगति टोल विकास संस्थामा गुप्ती गुरुङ
प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीबाट एमालेमा युवा आकांक्षी कम
आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक
गोरखाका ७०६ विद्यार्थीलाई न्यानो कपडा : चिसोमा स्कुल जान सहज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया