छैरोमा स्वास्थ्य शिविर

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका १ स्थित गणतान्त्रिक छैरोमा विषेशज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर चलाईएको छ । अरनिको समाज काठमाडौंको आयोजना तथा हिमालपारी उत्पीडित समुदाय विकास तथा सशक्तीकरण परिषदको समन्वयमा आइतबार विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
अरनिको समाज संस्थाबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि डा. कृष्ण गोपाल महर्जनसहित १५ जनाको टोली मुस्ताङ आइपुगेको थियो । टोलीमा डा महर्जनसहित ६ जना विशेषज्ञ चिकित्सकको सहभागिता थियो । शिविरबाट ९४ जना लाभान्वित भएको घरपझोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिए ।
शिविर संञ्चालनमा गाउँपालिकाले समेत सहयोग पुर्याएको स्वास्थ्य संंयोजक थकालीले बताए । दक्ष स्वास्थ्य जनशक्ति र चिकित्सकीय प्राविधिकरण उपकरण नहुँदा भरपर्दो स्वास्थ्य सेवा लिनबाट बञ्चित छैरो र चिमाङ गाउँका स्थानीय नागरिकलाई स्वास्थ्य शिविरले ठूलो सहयोग पुगेको हिमालपारि उत्पिडित समुदाय विकास तथा सशक्तीकरण परिषद मुस्ताङका अध्यक्ष भीमबहादुर रसाईलीले उल्लेख गरे ।
छैरो स्कुलमा सञ्चालित स्वास्थ्य शिविरबाट स्थानीय नागरिक र विद्यालयका स—साना बालबालिकाले निःशुल्क स्वास्थ्य लाभ लिने अवसर मिलेको छ । शिविरमा दन्त उपचार, जनरल उपचार, पाठेघर क्यान्सरको पूर्व स्क्रीनिङ, पिसाबको स्ट्रिप र ब्लड सुगर परीक्षण प्रयोगशाला र निःशुल्क औषधी वितरण लगायतका सेवा प्रवाह गरिएको थियो ।
घरदैलोमै चिकित्सकीय स्वास्थ्य सेवा पाएपछि स्थानीय नागरिक खुसी भएका छन् । सुगमको अस्पतालमा भरपर्दो स्वास्थ्य सेवा लिन जाँदा धेरै पैसा खर्च हुने, दुःख सास्ती र समय अनुकूल नहुने हुँदा समस्यामा परेका स्थानीयले शिविरको लाभ लिएका हुन् ।







कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
पारिवारिक कथामा ‘हर्ष’
नेफिनको गोष्ठी
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया