कुँवर टोलमा आँखा जाँच

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ मा रहेको कुँवर समाज समितिको आयोजनामा वडा नम्बर ८ को आर्थिक सहयोगमा कुँवर टोलमा रहेको कुँवर समाज समितिको भवनमा ज्येष्ठ नागरिक आँखा जाँच घुम्ती शिविर कार्यक्रममा दर्जनौं जनाले आँखा जाँच गरेका थिए ।
कार्यक्रममा पोखरा महानगर पालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले वडाको विकास निर्माणका साथ साथै नागरिकको स्वास्थ्यप्रति पनि वडा कार्यालयले सहकार्य गरेर काम गर्दै आएको बताएका थिए ।
सो अवसरमा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, पोखरा ८ का वडा सदस्यहरु हिराकाजी श्रेष्ठ र गोविन्द बराल, हिमालय आँखा अस्पतालका डा. दीपेशमान ठकुरीले सामान्य अवस्थामा हरेक व्यक्तिले नियमित रुपमा ३ देखि ६ महिनामा एकपटक आँखा जाँच गर्नुपर्ने बताएका थिए ।
समितिका अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युथ अफ कुँवरटोलका अध्यक्ष राजु कुँवर र सञ्चालन सचिव लक्ष्मी कुँवरले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया