मुस्ताङमा हावाहुरीले जनजिवन प्रभावित

सुन्दरकुमार थकाली २०८१ माघ ११ गते १३:५९

जोमसोम ।

Advertisement

मुस्ताङमा बुधबार बिहानदेखि निरन्तर बेजोडको हावाहुरी चल्ने क्रम रोकिएको छैन । निरन्तरको हावाहुरीले स्थानीय नागरिकको दैनिकी प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।


मुस्ताङमा बेजोडको उत्तरी हावाहुरीका कारण जोमसोम स्थित पर्यटन तथा उद्योग कार्यालयको जस्ताको छानो उडाएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए ।

सरकार कार्यालयको जस्ताले छाएको छानो हावाहुरीले उडाएपछि नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले छानोले डोरीको सहायतले पुन छानोलाई यथास्थानमा फिट गरिएको मुस्ताङका डिएसपी बोगटीले बताए । हावाहुरीले सरकारी कार्यालयको छानो उडाएको भएपनि त्यहाँ रहेका सरकारी अभिलेख तथा भौतिक सम्पतीमा कुनै क्षति नभएको डिएसपी बोगटीको भनाई छ ।


यसैगरी मुस्ताङमा निरन्तको उन्मादको बेजोड हावाहुरीको असरले घरपझोङ—३ पुथाङ एयरपोर्टको एक होटल र घरपझोङ—३ स्याङमा रहेको यात्रु प्रतिक्षालयको छानो उडाएर आशिंक क्षति तुल्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । प्रहरी श्रोतका अनुसार मुस्ताङमा २४ घण्टा अघि बेजोडको हावाहुरी चलेको र सोक्रम अझै नरोकिएको जनाएको छ ।

Advertisement

‘मुस्ताङमा उन्मादको बेजोड हावाहुरी चलिरहेको छ, नागरिकहरु हावाहुरीका कारण घर बाहिर निस्कन नसक्ने अवस्था सृजना भएको छ,’डिएसपी बोगटीले थपे,‘ हिउँदयामको बेजोडहरु चल्ने क्रमले मानवीय तथा भौतिक जोखिम बढेको छ, हामीले स्थानीय नागरिकलाई हावाहुरीबाट बच्न र क्षति हुन नदिन सर्तक गर्न सूचित गरेका छौं ।’


मुस्ताङमा अत्यधिक हावाहुरीको प्रभावले बिद्युत र ईन्टरनेट सेवा नियमित हुन नसकेको डिएसपी बोगटीले उल्लेख गरे । हावाहुरीबाट घर र वस्तीमा क्षति हुन सक्ने र हावाहुरीले आगलागीका घटना हुनसक्ने भएकाले हावाहुरीबाट सर्तक रहन जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको हो । प्रहरीले हावाहुरीबाट कुनै विपदजन्य घटना भएमा तुरुन्तै नजिकैको प्रहरी ईकाई वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न समेत अनुरोध गरिएको छ ।


मुस्ताङमा ढुंगा र माटोले बनेका घरहरुमा जस्ता र सख्खर माटोले छानो छाउने भएको र यसप्रकारका घरहरु हावाहुरीबाट विपदजन्य घटना निम्तन सक्ने डिएसपी बोगटीले स्पष्ट पारे । मुस्ताङमा हिउँदयामको अनुकुल मौसममा समेत हिमपात हुन सकिरहेको छैन । हावाहुरी चलेपछि हिउँ पर्न मौसमी बाधक बन्छ । विगतका वर्षहरुमा माघ महिनासम्म ३—४ पटक सम्म हिमपात हुन्थ्यो । तर, यसपटक हिमपात हुने लक्षण देखिदैन ।

मुस्ताङबाहेक अन्य जिल्लामा हिमपात हुदा मुस्ताङमा हिउँ नपर्दा स्थानीय किसान आश्चार्य चकित भएका छन् । हिउँ परेमा अन्नबाली सप्रिने र हिउँकै कारण हिउँ पर्यटनमा टेवा पुग्ने बताईन्छ ।तर यसवर्ष हिउँ नपर्दा कृषि र पर्यटनमा असर पुगेको छ । हिउँदयामकोद हिउँ कृषकका लागि बरदान सावित हुने भएपनि उत्तरी हावाहुरीले गर्दा मुस्ताङमा हिउँ पर्न बाधा पुगेकाे छ ।

तस्बि रः निरज थकाली (ठिनी)

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया