कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्रिकेटमा पोखरा र कास्की विजयी

पोखरा । पोखरा क्रिकेट क्लबले पहिलो जित निकाल्ने क्रममा अरण्यज्योति क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धा अरण्यज्योतिले दिएको ५२ रनको लक्ष्यलाई पोखरा क्रिकेट क्लबले १ विकेटको क्षतिमा पूरा गर्यो ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा टस जितेको अरण्यज्योतिले पहिलो इनिङमा केवल ५१ रनमै समेटियो । नवौं नम्बरमा आएका मुकेश गुप्ताले सर्वाधिक १५ रनको योगदान दिए । सुवास भण्डारी र प्रेम गुरुङले समान ३ विकेट लिएपछि अरण्यज्योति सामान्य लक्ष्यमा सीमित हुन पुग्यो ।
५२ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लबले मुस्कान थापाको अविजिति ३७ रन योगदानमा सहज जित निकाल्यो । उनले जितसम्म रोशन पौडेलले १३ रनमा अविजित हुँदै साथ दिए । सुवास प्लयेर अफ दि म्याच घोषित भए ।
अर्को खेलमा कास्की क्रिकेट क्लबले जितलाई निरन्तरता दिने क्रममा सांग्रिला क्रिकेट क्लबलाई ५४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कास्कीले अर्जुन कुमालको अर्धशतकीय पारीमा ७ विकेटको क्षतिमा १ सय ५६ रन बनायो । ओपनर सोहेल कुँवरले २७ बलमा ३४ रन बनाए । कुमालले ४६ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरेका थिए । रोशन चन्दले २५ रन बनाए । लक्ष्मण परियारले ४ विकेट लिए ।
नितेश गिरीले किफायति बलिङ गर्ने क्रममा केबल ५ रनमात्रै खर्चेर ३ विकेट लिएपछि सांग्रिला १०६ रनमा समेटियो । सिब्रिन श्रेष्ठले ५६ बलमा ५५ रनको महत्वपूर्ण योगदान दिएपनि हार टार्न भने सकेनन् । उनले ३ चौका र २ छक्का प्रहार गर्दा अरुण अधिकारीले २९ रन बनाउने क्रममा २१ बल खेल्दै ५ चौका र १ छक्का स्कोर कार्डमा चढ्यो ।
आदित्य थापा र रोहित चन्दले समान २ विकेट लिए । खेलमा अर्जुन कुमाल प्लेयर अफ दि म्याच घोषित भए ।







बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया