पौने ३३ लाखमा कास्की प्रहरीको बहुउद्देश्यीय भवन

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित दुईतले बहुउद्देश्यीय भवन उद्घाटन तथा हस्तान्तरण भएको छ । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख (डिआइजी) दिनेशकुमार आचार्य प्रमुख अतिथि थिए ।
पोखरा महानगरपालिका तथा स्थानीय नागरिकको सहयोगमा रकम संकलन गरी निर्माण समिति गठन गरिएको थियो । कुल लागत ३२ लाख ७४ हजार रुपैयाँमा भवन निर्माण भएको हो । समारोहमा भवन निर्माण समितिका अध्यक्ष शंकरप्रसाद बास्तोला, नेपाल प्रहरी प्रधान कार्यालयका डिआइजी ओमबहादुर राना, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, श्री कृष्ण दल गणका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सामुदायिक प्रहरी सेवा केन्द्र, पत्रकार, समाजसेवी, बुद्धिजीवी, सहयोगदाता लगायतको उपस्थिति थियो ।
कार्यक्रममा डिआइजी आचार्यले प्रहरीलाई प्रविधिमैत्री बनाउँदै सीसी क्यामेरा लगायत श्रोतसाधनको उपयोग गर्नुपर्ने, अनुसन्धान प्रक्रियालाई अझ प्रभावकारी बनाउन प्रविधिको प्रयोग अपरिहार्य भएको बताए । साथै, समाजमा शान्ति सुरक्षाको सुदृढताको लागि स्थानीय नागरिकको सक्रिय साथ र सुझाव आवश्यक रहेको धारणा व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले स्वागत मन्तव्य दिएका थिए । भवन निर्माण समितिका कोषाध्यक्ष केशवप्रसाद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, वडा नम्बर १४ का अध्यक्ष बोधबहादुर कार्की, विशिष्ट अतिथि ओमबहादुर रानालगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रहरी निरीक्षक शोभा पाण्डेले गरेकी थिइन् ।









जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया