प्रजिअको नेतृत्वमा फेवाताल सफाइ अभियान सुरु- फोटोसहित

पोखरा ।
फेवाताल किनार सेदीमा फेवाताल सफाइ अभियान सुरु गरिएको छ । नागरिक समाज कास्कीद्वारा सञ्चालित वातावरण संरक्षणका लागि महाअभियानले मंगलबारदेखि अभियानको सुरुआत गरिएको हो ।

अभियानमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा, कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया, पोखरा महानगरीय प्रहरी बल, सरसफाइ शाखा, वडा नं. ५, ६ र १८ का जनप्रतिनिधिहरु, स्थानीयबासी, पत्रकारलगायत विभिन्न संघसंस्थामा आबद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा फेवातालमा आश्रित जलारी समुदाय र पोखरा महानगरपालिका वडा नं. १८ कार्यालयले पनि साथ दिएका थिए । विश्वको तेह्रौँ सुन्दर तालको सूचीमा रहेको फेवाताल क्रमश प्रदुषित हुँदै गएको कारण फेवातालको संरक्षण र स्वच्छताका लागि यो कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।

वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले सफाइ अभियान मार्फत झण्डै एक ट्रक फोहर संकलत गरिएको बताए । पौडेलले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई त्यहाँ हुने गतिविधिको बारेमा जानकारी गराएर उनकै नेतृत्वमा सफाइ अभियान सुरु गरिएको उनले सुनाए । सरसफाइसँगै त्यहाँ हुने गरेको यौनजन्य क्रियाकलाप र दुव्र्यवहारका घटना हुन नदिन अभियानको सोही ठाउँबाट सुरु गरिएको पौडेलले बताए ।

सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले नागरिक समाजको यो अभियानलाई सबै मिलेर सार्थक बनाउनुपर्ने बताए । पोखरा पर्यटनको राजधानी शहर भएको कारण यसको सौन्दर्यतालाई जोगाउनुपर्नेमा उनको जोड थियो ।

पोखरा महानगर पालिका वडा नं. १८ का वडा सदस्य रमेशबहादुर थापाले सेदी फाँटमा जथाभावी फोहोर फाल्न नदिनको लागि वडाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता जनाए ।
स्थानीय सूर्य जलारीले बाहिरबाट आएका व्यक्तिहरुले रातभरि हल्ला गर्ने फोहोर गर्ने गरेको गुनासो गरे । मादक पदार्थ सेवन गरेर झगडा गर्ने, यौनजन्य क्रियाकलाप हुने र स्थानीयलाई दुव्र्यवहार समेत हुने गरेको भन्दै सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरे ।









पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया