पोखराबाट १२ वर्षीय बालक बेपत्ता, खोजीका लागि प्रहरीको अपिल

पोखरा ।
कास्कीको पोखरा महानगरपालिका-४, नालामुखबाट एक १२ वर्षीय बालक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीले बालकको खोजी कार्यमा सहयोग गरिदिन सर्वसाधारणलाई अपिल गरेको छ।
म्याग्दी जिल्ला, मंगला गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल पोखरा-४ नालामुखमा बस्दै आएका १२ वर्षीय विकल खाती असार २७ गते दिउँसो ४ बजेदेखि सम्पर्कविहीन भएका हुन्।
बालकका बुवा ४० वर्षीय बुद्धिबहादुर खातीले छोरा हराएको भन्दै खोजतलासका लागि असार २८ गते जिल्ला प्रहरी कार्यालय, कास्की (महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र) मा निवेदन दिएका थिए।
निवेदन प्राप्त भएलगत्तै प्रहरीले बालकको खोजी कार्य सुरु गरेको जनाएको छ। प्रहरीले एक सूचना जारी गर्दै बालक विकल खातीलाई कतै देखेमा वा उनीबारे कुनै जानकारी प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय वा नेपाल प्रहरीको फोन नम्बर १००, १०४ मा सम्पर्क गरी सहयोग गरिदिनुहुन सबैमा अनुरोध गरेको छ।









निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया