सम्झनामा आदिकवि कविता वाचन

समाधान संवाददाता २०८२ असार २८ गते १९:२०

पोखरा ।
रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो २५ औं वर्ष प्रवेश र आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा ‘सम्झनामा आदिकवि’ शीर्षकमा विशेष कविता वाचन गरेको छ । शनिबार उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा पोखरा तथा आसपासका दर्जनौँ साहित्यकार, कवि, विद्यार्थी र स्रष्टाहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा भानुभक्त आचार्यको योगदान र नेपाली साहित्यमा उनको ऐतिहासिक भूमिकाको स्मरण गर्दै विविध कविता वाचन गरिएको थियो । आदिकविप्रतिको श्रद्धाञ्जली स्वरूप प्रस्तुत कविताहरुमा राष्ट्र, भाषा, संस्कार, प्रकृति र समाजको चित्रण पाइन्थ्यो । कार्यक्रममा वक्ताहरुले आदिकवि भानुभक्त आचार्यको योगदानलाई स्मरण गर्दै उनको रामायण अनुवादले नेपाली भाषामा गद्य साहित्यको नयाँ युग सुरु गराएको बताए ।


उनकै योगदानले गर्दा नेपाली साहित्य आम जनतामाझ पुग्न थालेको भन्दै वक्ताहरुले आधुनिक नेपाली साहित्यको जग भानुभक्तले कोरेको उल्लेख गरे । कार्यक्रममा भानुभक्तको शैलीलाई आत्मसात गर्दै आधुनिक विषयवस्तुमा कविता वाचन गरे भने केहीले आदिकविको जीवन, चेतना र योगदानलाई समेटेका सिर्जना प्रस्तुत गरिएको थिए ।

Advertisement


रेडियो अन्नपूर्णले कृतिहरुलाई रेडियो प्रसारणका माध्यमबाट निरन्तर प्रवद्र्धन गर्दै लैजाने अध्यक्ष विश्वशंकर पालिखेले बताए । अन्नपूर्णले स्थानीय कला, भाषा र साहित्यको प्रवद्र्धनमा जोड दिँदै आइरहेको उनको भनाइ थियो ।

Advertisement

तपाईको प्रतिक्रिया