प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाहरूको अनुगमन

पोखरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कास्की जिल्लामा सञ्चालित विभिन्न योजनाहरूको अनुगमन सोमबार सम्पन्न भएको छ । परियोजना कार्यान्वयन इकाइ, कास्कीअन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेट एवं नीति तथा कार्यक्रमअनुसार सञ्चालित योजनाहरूको स्थलगत अनुगमन गरिएको हो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा परियोजनाका कास्की संयोजक लीलाधर पौडेलको नेतृत्वमा रहेको अनुगमन टोलीले पोखरा महानगरपालिका–११ काहुँको सिस्नेरी च्याउ फर्म, पोखरा–६ जरेबरको चिसापानी कृषि तथा पशुपन्छी फर्म, पोखरा–१६ दीपको जय देउराली कृषि फर्म, पोखरा–२५ झिझिर्कास्थित माया इको भिलेज, माछापुच्छ्रे गाउँपालिका–६ धितालस्थित धिताल दुग्ध उत्पादन कृषि सहकारी संस्थाद्वारा सञ्चालित दुग्ध संकलन तथा प्रशोधन केन्द्र, साथै पोखरा–२५ हेम्जास्थित विभिन्न कृषि फर्महरूको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा प्रमुख पौडेलले सरकारले कृषिमा गरेको लगानी उत्पादनमुखी, प्रतिफलमुखी र व्यावसायिक हुनुपर्नेमा जोड दिँदै कृषि तथा किसानका विषयलाई प्राथमिकतामा राख्न सरोकारवाला निकायहरूलाई आग्रह गरे । उत्पादित वस्तुहरूको बजारीकरण, सहज खरिद–बिक्री तथा निर्यातमुखी उत्पादन नीति तर्जुमा गरी वास्तविक किसानलाई राहत महसुस हुने वातावरण बनाउनुपर्नेमा पनि उनले जोड दिए । साथै, पछिल्लो पुस्तालाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने कार्यक्रमहरू आवश्यक रहेको उनको भनाइ थियो ।
परियोजना कास्की कार्यालयका प्रमुख माधव लम्सालले कार्यालयले ९० प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको जानकारी दिँदै निर्धारित लक्ष्य र उद्देश्य प्राप्तिमा पूर्ण प्रतिबद्धताका साथ कार्य गरिरहेको बताए । अनुगमन कार्यक्रममा कृषिसम्बन्धित कास्कीस्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, कृषक, विज्ञ समूह तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया