लोकभाकामा गुञ्जियो जनकविकेशरीको सम्झना, ‘डाँफेचरी’ पत्रिकाको लोकार्पण

काठमाडौं ।
जनकविकेशरी धर्मराज थापालाई उनको १०१औँ जन्मजयन्तीको अवसरमा गीत-सङ्गीत र कृति लोकार्पणसहित सम्झना गरिएको छ। जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनको योगदानको स्मरण गरियो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा थापाद्वारा वि.सं. २०१० सालमा स्थापित अनुसन्धानमूलक लोकसाहित्यिक पत्रिका ‘डाँफेचरी’को विशेष अंक लोकार्पण गरियो। प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जनकविकेशरीले देशका विभिन्न स्थानमा पुगेर सङ्कलन गरेका लोकगीत र त्यस क्रममा भोगेका अनुभवलाई लिपिबद्ध गर्ने काम प्रतिष्ठानले गरिरहेको जानकारी दिए।
‘डाँफेचरी’का अनुसन्धान सल्लाहकार प्रा.डा. दयाराम श्रेष्ठले पत्रिकामा लोकसाहित्य र लोकगीतसम्बन्धी अनुसन्धानात्मक लेखहरू समेटिएकाले यसले लोकवार्ता बुझ्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताए।
कार्यक्रममा संस्कृतिविद् डा. जगमान गुरुङले पुराना दिनको स्मरण गर्दै लोकगीत सङ्कलनका लागि धर्मराज थापा पोखराबाट सात दिन हिँडेर काठमाडौँ आइपुगेको प्रसङ्ग सुनाए। उनले भने, “तत्कालीन राजा महेन्द्रले राज्याभिषेकको अवसरमा थापाले गाएको गीतबाट प्रभावित भएर नै उहाँलाई ‘जनकविकेशरी’को पदवी दिएका थिए।”
पूर्वमन्त्री राधाकृष्ण मैनालीले जनकविकेशरीले देशभरका लोकगीतको सङ्कलन र उत्थानमा पुर्याएको योगदानले नेपाली लोकसंस्कृतिलाई बचाउन मद्दत पुगेको विचार व्यक्त गरे। लेखक रतन भण्डारीले थापाको व्यक्तित्वबारे चर्चा गरेका थिए।
समारोहमा गायिका सीता श्रेष्ठ, विकासजङ्ग राणालगायतका कलाकारहरूले जनकविकेशरीका कालजयी लोकगीतहरू प्रस्तुत गर्दै उनलाई सांगीतिक श्रद्धाञ्जली अर्पण गरेका थिए।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया