बाढीपहिरोले जोमसोम-कोरला सडक अवरुद्ध

मुस्ताङ ।
अविरल वर्षाका कारण उपल्लो मुस्ताङ जोड्ने जोमसोम–कोरला सडकमार्ग आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । बिहानदेखि परेको अविरल वर्षाका कारण उक्त सडकखण्डअन्तर्गत बारागुङ मुक्तिक्षेत्र–३ छुसाङस्थित ताङ्वे खोला र छुसाङस्थित मुस्ताङ गेट नजिककै बाढीका कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
बारागुङ–३ छुसाङस्थित मुस्ताङ गेट नजिकैका सडक माथिबाट लेदो र गेग्रानसहितको पहिरो खसेको र बारागुङ–३ छुसाङस्थित ताङ्वे नजिकको खोलामा लेदोसहितको बाढीले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।
ताङ्वे गाउँको नजिकको शाखा नदीमा लेदो र गेग्रानसहितको बाढीले करिब ३० मिटर सडक पूर्ण रुपमा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय छुसाङका प्रहरी सहायक निरीक्षक झलकबहादुर थापाले जानकारी दिए ।
सडक अवरुद्ध भएसँगै उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले अवरुद्ध सडकमा यातायात सञ्चालनका लागि आवश्यक काम भइरहेको प्रहरीको भनाइ छ ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया