पोखरा १२ मा डेंगु रोगविरुद्ध सचेतना ऱ्याली

पोखरा । डेंगु रोगको जोखिम बढिरहेका बेला पोखरा महानगरपालिका वडा नं. १२ र नेपाल रेडक्रस सोसाइटी वडा १२ उपशाखाको संयुक्त आयोजनामा बुधबार एक भव्य डेंगु सचेतना ऱ्याली सम्पन्न भएको छ ।
ऱ्यालीको उद्देश्य समुदायमा डेंगु रोगको जोखिम, रोकथाम र नियन्त्रणका उपायहरूबारे जनचेतना फैलाउनु रहेको थियो । सचेतना ऱ्याली वडा कार्यालयबाट सुरु भई विभिन्न टोल घुम्दै पुनः वडा कार्यालयमै पुगेर समापन गरिएको थियो । ऱ्यालीमा ब्यानर र सचेतनामूलक सन्देशहरू सहित सहभागीहरूले लामखुट्टे नियन्त्रण र सरसफाइको महत्वबारे स्थानीयहरूलाई जानकारी दिएका थिए ।
वडाध्यक्ष सन्तोष बास्तोलाले भने, “डेंगु नियन्त्रणको मूल उपाय भनेकै सचेतना हो । प्रत्येक नागरिकले आफ्नो घर वरपर सफा राख्ने बानी बसाल्नुपर्छ ।” उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास पनि व्यक्त गरे । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका कोषाध्यक्ष एवंम १२ उपशाखाका समन्यकर्ता मोहनसिंह खड्काले पनि सामूहिक सहभागिताको आवश्यकता औँल्याए । उनले भने “सामूहिक प्रयासबिना डेंगु नियन्त्रण सम्भव छैन । हामी सबै मिलेर सचेत र सफा समुदाय निर्माण गर्नुपर्छ ।”
नेपाल रेडक्रस सोसाइटी वडा १२ उपशाखाका सभापति इन्दिरा पन्तले स्थानीय स्तरबाटै शुरु गरिएको यस्तो अभियानले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा वडाका जनप्रतिनिधि एवंम कर्मचारी, स्थानीय आमा समूह, युवा क्लब, टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, नेपाल रेडक्रस सोसाइटीका पधादिकारी, सामुदायिक सेवा केन्द्र-१२ र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो । स्वास्थ्य स्वयंसेविका एवंम स्वास्थ्यकर्मीहरूले डेंगुको लक्षण, उपचार र बच्ने उपायबारे प्रष्ट जानकारी दिँदै स्थानीयहरूलाई सतर्क रहन आग्रह गरे ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया