म्याग्दीका जोखिमपूर्ण सडकमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लाभित्रका जोखिमपूर्ण सडकखण्डमा रात्रिकालीन समयमा सवारी सञ्चालनमा रोक लगाएको छ । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनलाई राति चल्न नदिने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको पहलमा साउन १२ गते बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी लगायत सरोकारवालासँगको छलफलपछि प्रशासनले सूचना जारी गरेको छ । सूचना अनुसार बेनी-जोमसोम, बेनी-दरबाङ, बेनी-बागलुङ लगायत जिल्लाभित्रका अन्य जोखिमयुक्त क्षेत्रमा रात्रिकालीन यातायात बन्द गरिएको हो ।
प्रशासनले बर्खाको समयमा सुरक्षा सतर्कता अपनाउन र बाढी, पहिरोबाट यात्रु, सवारी साधन तथा जनधनको क्षति रोक्नका लागि सजगता अपनाउन सबैमा आग्रह गरेको छ । यो सूचना सम्बन्धित सबैको जानकारी र सचेतनाका लागि जारी गरिएको प्रशासनले जनाएको छ ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया