डा. उज्ज्वल चालिसे भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त

पोखरा ।
सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेलाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
विगत केही महिनादेखि सोही अस्पतालमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका डा. चालिसेले अब पूर्ण कार्यकारी अधिकारसहित अस्पतालको नेतृत्व गर्नेछन्।
उनीसँग क्यान्सर उपचारको क्षेत्रमा लामो र विविध अनुभव छ। यसअघि उनले चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका साथै काठमाडौँका ह्याम्स र ओम अस्पतालजस्ता प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा सेवा गरिसकेका छन्। क्यान्सरको पहिचान, विकिरण (रेडिएसन) तथा ब्राकीथेरापी, किमोथेरापी र प्यालिएटिभ केयरजस्ता विशिष्ट उपचार पद्धतिमा उनको गहिरो दक्षता रहेको छ।
डा. चालिसेले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस र सन् २०१२ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज (न्याम्स) बाट क्लिनिकल अन्कोलोजीमा एमडी गरेका हुन्। उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक वर्षको आवासीय तालिमसमेत पूरा गरेका छन्।
पोखराको रत्नचोक निवासी डा. चालिसे हाल काठमाडौँको टोखामा बसोबास गर्दै आएका छन्।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया