सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउनेको भीड, कास्कीमा बिहान ८ बजेदेखि सेवा दिइने

पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्रिय परिचयपत्र बनाउने सेवा प्रवाहको समय विस्तार गरेको छ। सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सेवाग्राहीको चाप थेग्नै नसक्ने गरी बढेकाले कार्यालयले साउन २२ गतेदेखि बिहान ८ बजेबाटै सेवा सुरु गर्ने निर्णय गरेको हो।
सामाजिक सुरक्षा नियमावली, २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार भत्ताग्राहीले प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि भदौ मसान्तभित्र आफ्नो भत्ता परिचयपत्र नवीकरण गराइसक्नुपर्ने प्रावधान छ। यस वर्षदेखि नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएपछि परिचयपत्र बनाउन आउने सर्वसाधारणको संख्या ह्वात्तै बढेको प्रशासनले जनाएको छ।
सेवाग्राहीको अत्यधिक चापका कारण सहज रूपमा सेवा प्रदान गर्न कठिनाइ भएपछि समय विस्तार गरिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। सूचनाअनुसार, साउन २२ गतेदेखि सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन बिहान ८ बजेदेखि नै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिइनेछ। यो व्यवस्थाले सेवाग्राहीलाई सहज रूपमा सेवा लिन सजिलो हुने विश्वास प्रशासनको छ।
कार्यालयका अनुसार बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त, असहाय तथा ९० वर्षमाथिका ज्येष्ठ नागरिकको हकमा तत्कालका लागि राष्ट्रिय परिचयपत्र नम्बर नभए पनि भत्ता नवीकरण हुने व्यवस्था छ। तर, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रअनुसार यी समूहका सेवाग्राही पनि परिचयपत्र बनाउन आउन थालेपछि चाप थप बढेको हो।









निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया