पोखरा महानगरको नगर ऊर्जा योजना सार्वजनिक

गण्डकी ।
दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको प्रयास अन्तर्गत पोखरा महानगरपालिकाले आज एक कार्यक्रमबीच आफ्नो प्रथम नगर ऊर्जा योजना सार्वजनिक गरेको छ ।
पाँच वर्षे समयावधिको उक्त योजनाको पोखरा महानगरप्रमुख धनराज आचार्यले सार्वजनिक गरे । ऊर्जा विकास उप–समितिद्वारा तयार पारिएको उक्त योजना जिआइजेड नेपालको रिप ग्रिन कार्यक्रमको प्राविधिक सहयोगमा नौ चरणमा आधारित समग्र प्रक्रियाबाट तयार पारिएको हो ।
योजना तयारीको क्रममा विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरिएको र यस योजनालाई गत फागुनमा पोखरा महानगरले औपचारिक रूपमा अनुमोदन गरेको थियो ।
कुल रु एक अर्ब ३३ करोड ३० लाख ८२ हजार को अनुमानित लागत रहेको यस योजनाले “समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा”को दीर्घकालीन परिकल्पना गरेको छ । योजनाले प्राथमिकताका रूपमा घरायसीस्तरमा स्वच्छ, प्रभावकारी तथा नवीकरणीय ऊर्जा उत्पादन तथा उपयोगमा वृद्धि, परम्परागत तथा आयातित इन्धनको सट्टा स्थानीय स्रोतमा आधारित नवीकरणीय ऊर्जा प्रवर्द्धनलाई राखेको छ ।
त्यसैगरी व्यापारिक तथा औद्योगिक क्षेत्रमा ऊर्जा दक्षताको अभिवृद्धि गर्दै हरितगृह ग्याँस उत्सर्जनमा न्यूनीकरण, नीतिगत पहल र शैक्षिक अभियानमार्फत जनचेतना अभिवृद्धिलाई प्रथमिकतामा राखेको छ ।
पाँच वर्षे यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।
महानगरप्रमुख आचार्यले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै योजनाको प्रभावकारी कार्यान्वयन गर्नेमा महानगरपालिका प्रतिवद्ध रहेको बताए ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका उपकार्यकारी निर्देशक डा नारायणप्रसाद अधिकारीले यस योजनाको प्रभावकारी कार्यान्वयनबाट नेपालको राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्यमा योगदान पुग्ने बताए । रासस







निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया