पोखरा १३ मा निःशुल्क स्वास्थ्य परीक्षण, डेंगु परीक्षण र औषधि वितरण

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ले वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता नविकरण गर्न आएका लाभग्राहीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
वडाले आगामी २०८२ साल साउन महिनामा वडा कार्यालय परिसरमै कार्यक्रम आयोजना गर्ने वडाध्यक्ष किरण बरालले जानकारी दिए । ‘वडाले एक जना फिजिसियनबाट स्वास्थ्य परीक्षण गराइरहेको छ । साथै डेंगुको जोखिम बढिरहेकाले डेंगु परीक्षणका लागि छुट्टै प्राविधिक समेत खटाइएको छ,’ बरालले भने । कार्यक्रममा स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि पनि निःशुल्क वितरण गरिनेछ ।
वडा कार्यालयका अनुसार डेंगु परीक्षणका लागि विशेष व्यवस्था गरिएको छ भने अन्य रगतसम्बन्धी परीक्षणका लागि पनि छुट्टै एक जना स्वास्थ्यकर्मी तोकिएका छन्।
सहयोगी संस्थाको रूपमा कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कमलपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कार्यक्रम सञ्चालनमा साथ दिएका छन् । वडाले सामाजिक सुरक्षा भत्ता नविकरण र स्वास्थ्य सेवा एकै ठाउँमा उपलब्ध गराउन यो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया