पोखराका ताल सफाइदेखि रोजगारी सिर्जनासम्म, महानगर र लक्ष्मी ग्रुपबीच पाँचवर्षे सम्झौता

समाधान संवाददाता २०८२ साउन २२ गते १५:०६

पोखरा

नेपालको पर्यटकीय राजधानी पोखराका तालहरूको संरक्षण, सरसफाइ र सौन्दयीकरणका लागि पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबीच एक महत्त्वपूर्ण पाँचवर्षे समझदारी भएको छ । तालहरूमा बढ्दो लेउ, जलकुम्भी झारको प्रकोप र प्रदूषणको समस्यालाई दिगो रूपमा समाधान गर्दै स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले यो सहकार्य गरिएको हो ।

समझदारीअनुसार, लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ताल सरसफाइका लागि आवश्यक अत्याधुनिक प्रविधि, वित्तीय स्रोत, उपकरण र जनशक्ति उपलब्ध गराउनेछ । तालबाट निकालिएको जलकुम्भी झारलाई प्रयोग गरी हस्तकलाका सामग्री उत्पादन गर्न स्थानीय समुदायलाई सीपमूलक तालिम प्रदान गरिनेछ, जसले रोजगारीका नयाँ अवसर सिर्जना गर्नेछ ।

Advertisement

यसका साथै, परियोजनाले गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूलाई इन्टर्नसिप र व्यावसायिक प्रशिक्षणको अवसर प्रदान गर्नेछ भने गरिबीको रेखामुनि रहेका विपन्न घरपरिवारलाई इन्डक्सन चुल्हो वितरण गरी महानगरको ऊर्जा योजनामा समेत सघाउ पुर्‍याउनेछ ।

यो परियोजना सम्झौता मितिबाट ६ महिनाको परीक्षणकालसहित कुल पाँच वर्षसम्म सञ्चालन हुनेछ । पहिलो चरणमा पाइलट परियोजनाको मूल्यांकन गरी त्यसको प्रभावकारिताका आधारमा फेवाताल लगायत अन्य तालहरूमा क्रमशः विस्तार गर्दै लगिनेछ । महानगरपालिकाले परियोजनाको प्राविधिक गुणस्तर अनुगमन गर्नेछ ।

Advertisement

यस सहकार्यले पोखराका तालहरूको वातावरणीय सन्तुलन कायम राख्दै पर्यटकीय आकर्षण बढाउने, फोहोर र प्रदूषणको समस्यालाई स्थायी रूपमा समाधान गर्ने र स्थानीय समुदायको आयआर्जनमा सुधार ल्याउने विश्वा

तपाईको प्रतिक्रिया