मादी गाउँपालिकाका अध्यक्ष देविजङ गुरुङलाई मातृशोक

समाधान संवाददाता २०८२ साउन २५ गते ७:४४

पोखरा

मादी गाउँपालिकाका अध्यक्ष देविजङ गुरुङकी ममतामयी आमा रत्न माया गुरुङको ९१ वर्षको उमेरमा निधन भएको छ । उनको निधन २०८२ साउन २५ गते पोखरा-१६, बानियाँ पथस्थित जेठा छोरा सुबेदार गम्भिर जङ गुरुङको निवासमा भएको हो ।

वि.सं. १९९१ साल असार ५ गते सिक्लेसमा जन्मेकी स्व. गुरुङ हाल मादी गाउँपालिका वडा नं. ३, साबिक थुमाकोडाँडा गा.वि.स. वडा नं. ३, याङ्जाकोट गैरीगाउँ निवासी हुन् । उनका छोराछोरी सुबेदार गम्भिरजङ गुरुङ, महाकाली गुरुङ, उमाकुमारी गुरुङ र मादी गाउँपालिकाका अध्यक्ष देविजङ गुरुङ हुन् ।

Advertisement

उनको निधनको खबरले सम्पूर्ण परिवार र मादी गाउँपालिकावासी स्तब्ध भएका छन् ।

पारिवारिक स्रोतका अनुसार, स्व. गुरुङको पार्थिव शरीरको अन्त्येष्टि साउन २६ गते सोमबार दिउँसो १२:०० बजे पोखरा-१० स्थित बौद्ध अर्घौं सदनमा गरिने कार्यक्रम छ ।

Advertisement

तपाईको प्रतिक्रिया