सेवा प्रवाहलाई नतिजामुखी बनाउन मेयर आचार्यको निर्देशन

पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर मातहतका महाशाखा प्रमुख र वडा सचिवहरूलाई आफ्नो कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्न निर्देशन दिएका छन्। उनले महानगरका कार्यालयहरूको कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउन उपलब्ध स्रोत साधनको समुचित परिचालन गर्दै आफ्नो दक्षतालाई व्यवहारिक रूपमा प्रदर्शन गर्न भनेका हुन्।
मेयर आचार्यले महानगरपालिकाका कार्यालयहरूबाट नागरिकले प्राप्त गर्ने सेवा सुविधालाई छिटोछरितो र पारदर्शी बनाउँदै आफ्नो कार्य दक्षतालाई सेवाको गुणस्तरमा प्रतिबिम्बित गर्न निर्देशन दिए। कतिपय आलोचनाहरूका बिचबाट पनि नागरिक सेवालाई चुस्त र गुनासोरहित बनाउनुको विकल्प नरहेको उनले बताए।
आफ्ना कार्यालयहरू मार्फत सञ्चालित विकास आयोजनाहरूलाई तोकिएको समयमा सम्पन्न गर्ने, गुणस्तर परीक्षण गर्ने, प्रशासनिक सेवालाई चुस्त बनाउने र गुनासोरहित पारदर्शी सेवामा जोड दिन उनले निर्देशन दिए। साथै, प्राप्त उपलब्धिहरूको अभिलेखलाई व्यवस्थित गर्ने कार्यमा पनि विशेष ध्यान दिन ध्यानाकर्षण गराए।









निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया