७२ सहसचिवको सरुवा हुँदा गण्डकीका सचिव फेरिए, गृहपालिकामा बजेटको ओइरो हाल्ने पाण्डे नेपाल ट्रस्टमा पुगे

पोखरा । सरकारले विभिन्न निकायमा कार्यरत ७२ सहसचिवको सरुवा गर्दा गण्डकीका सचिवहरु फेरिएका छन् । प्रदेशको बजेट बनाउने बेला आर्थिक मामिला सचिव रहेका राजेन्द्रदेव पाण्डेलाई सरकारले नेपाल ट्रस्टको कार्यालय पठाएको छ ।
पोहोर धादिङको राजमार्गमा पहिरोमा ३ वटा गाडी पुरिएका बेला पाण्डे त्यहीका प्रमुख जिल्ला अधिकारी थिए । घटनालगत्तै तानिएका उनलाई गण्डकीमा पठाइएको थियो । पहिला सामाजिक विकास मन्त्रालयमा सचिव रहेका उनलाई आर्थिक मामिला मन्त्री डा टकराज गुरुङको पहलमा अर्थ सचिव बनाइएको थियो । तर उनै पाण्डेले आफ्नो गृह पालिका तनहुँको भानुमा बजेटको ओइरो हालेपछि उनी विवादमा तानिएका थिए ।
संसदको बैठकमा खोजी हुँदा पनि नदेखिएका उनले उल्टै अघिल्ला वर्षहरुमा भानु नगरपालिकाले प्रदेशको बजेट नपाएकाले यसपालि क्षतिपूर्ति भरण भएको प्रतिक्रिया दिएका थिए । उक्त विवादपछि उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको थियो । यता तानिएलगत्तै बिदामा बसेका उनलाई अहिले सरकारले सरुवा गरेको हो ।
यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका २ सचिव पनि सरुवा भएका छन् । बाबुराम गौैतमको गृह मन्त्रालय वा मातहत र केशवराज ढकालको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीमा भक्तपुरका प्रजिअ रमेश ढकाल आउने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीमा यसअघि प्रमुख सचिववाहेक ३ सचिवको दरबन्दी रहेकामा अहिले पुनर्संरचना हुँदा २ जनामा झारिएको छ । अब उक्त कार्यालयमा कानुनका १ र प्रशासनका १ सचिव रहनेछन् ।
यसैगरी प्रदेश नीति तथा योजना आयोगका सचिव टंक पाण्डेको अर्थ मन्त्रालयमा सरुवा भएको छ । उनी अर्थकै क्याडर हुन् । गण्डकीकै वन तथा वातावरण सचिव जीवनाथ पोडेलको मधेश प्रदेशमा सरुवा हुँदा गण्डकीमा मोहनराज काफ्ले आउने भएका छन् ।
गण्डकीकै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा स्वास्थ्य मन्त्रालयबाट ऋषिराज आचार्यको सरुवा भएको छ । प्रदेशको पशुपंक्षी निर्देशनालयमा कार्यरत सहसचिव प्रेरणा सेढाईको संघको कृषि मन्त्रालयमा सरुवा भएको छ ।
पोखराको प्रमुख प्रशासकीय अधिकृतमा लोकसेवा आयोगको कार्यालय जलेश्वरमा कार्यरत मुक्तिराम अर्याल आउने भएका छन् ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया