जिफानको १७ औं वार्षिक साधारण सभा असोज १ गते

पोखरा।
गुरुङ भाषी चलचित्रकर्मीहरूको साझा संस्था गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) ले आफ्नो १७ औं वार्षिक साधारण सभा आगामी असोज १ गते, बुधबार, पोखरामा आयोजना गर्ने भएको छ। संस्थाका अध्यक्ष राज बहादुर गुरुङ (राजेश) र महासचिव तोलबहादुर गुरुङ (लवसन) ले संयुक्त रूपमा जारी गरेको सूचनामा, साधारण सभा पोखरा–१५, रातोढुंगास्थित केन्द्रीय कार्यालयमा हुने जानकारी दिइएको छ।
वि.सं. २०६५ सालमा स्थापना भएको जिफानले विगत १७ वर्षदेखि गुरुङ भाषाका चलचित्र निर्माण, सांस्कृतिक संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। यसपटकको साधारण सभामा चलचित्रसँग सम्बन्धित सम्पूर्ण पक्षहरूको सक्रिय सहभागिता रहने एशोसिएसनले जनाएको छ। कार्यक्रममा कलाकार, निर्देशक, लेखक, निर्माता, गायक–वादक, प्राविधिकसहित विभिन्न क्षेत्रका चलचित्रकर्मीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। सभामा हालसम्मका उपलब्धि मूल्याङ्कन गरी आगामी दिनमा गुरुङ चलचित्रलाई अझ सबल, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने रणनीति तय गरिनेछ। अध्यक्ष राजबहादुर गुरुङ (राजेश) ले साधारण सभालाई चलचित्रकर्मीहरूको विचार र सिफारिस प्रस्तुत गर्ने साझा मञ्चका रूपमा लिइएको बताएका छन्। त्यस्तै, महासचिव तोलबहादुर गुरुङ (लवसन) ले सम्पूर्ण गुरुङ चलचित्रकर्मी, सञ्चारकर्मी तथा सरोकारवालालाई सभामा उपस्थित भई यसलाई सफल बनाउन आह्वान गरेका छन्।






‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’
कास्की आइडलको दोस्रो चरणमा ३५ जना
ह्याङ्जाकोटको पर्यटन प्रवर्द्धनमा पैरवी
लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीमा परशुराम
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया