पोखरामा आप्रवासी सहायता कक्ष सञ्चालनमा, वैदेशिक रोजगारीमा जानेलाई परामर्श दिइने

पोखरा । पोखरा महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय कास्की परिसरमा आप्रवासी सहायता स्रोत केन्द्र सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीमा जान राहदानी बनाउनेहरूलाई लक्षित गरी स्थापना गरिएको केन्द्रको महानगर प्रमुख धनराज आचार्यले शुभारम्भ गरे ।
केन्द्रले विदेश जानुअघि आवश्यक परामर्श दिने महानगर प्रमुख आचार्यले बताए । उनका अनुसार, वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारलाई वित्तीय साक्षरतासम्बन्धी परामर्शसमेत दिइनेछ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राहदानी शाखा नजिकै कक्ष स्थापना भएकाले परामर्श दिन सहज हुने बताइन् । उनले सेवाग्राहीको सुविधाका लागि महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गरिन् ।
सेवाग्राहीका लागि विश्राम गर्ने फल्चासहितको सहायता कक्ष निर्माणमा महानगरपालिकाले १६ लाख रुपैयाँ खर्च गरेको छ ।
महानगरपालिकाका रोजगार संयोजक विष्णुप्रसाद दाहाल र सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का जिल्ला संयोजक आदिमध्वज श्रेष्ठले श्रम तथा रोजगार क्षेत्रमा समन्वय गरिरहेका छन् ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया