फिस्टेल एकेडेमी आइबी वर्ल्ड स्कुलमा सार्क पौडी प्रतियोगिता

समाधान संवाददाता २०८२ भदौ २० गते १९:३७

पोखरा । पोखरा १७ तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी आइबी वल्र्ड स्कुलले विगतमा जस्तै यस वर्ष पनि फिस्टेल सार्क पौडी प्रतियोगिता गरेको छ । ३ दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा विद्यालयका कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थी सहभागी भएका थिए ।

प्रतियोगितामा १० वर्षमुनिको १४ मिटर फ्रिस्टाइल छात्रछात्रा, १२ वर्षमुनिको १४ मिटर र २५ मिटर फ्रिस्टाइल छात्रछात्रा तथा छात्रका लागि २५ मिटर ब्रेस्ट स्ट्रोक खेल भए । १४ वर्षमुनिको २५ मिटर फ्रिस्टाइल छात्रछात्रा खेल भयो भने छात्रछात्रा दुबैका लागि २५ मिटर ब्याकस्ट्रोक र छात्रका लागि २५ मिटर बटरफ्लाइ र ब्रेस्ट स्ट्रोक खेल भए ।

अन्डर १६ र अन्डर १८ तर्फ छात्रछात्रा २५ र ५० मिटर फ्रिस्टाइल तथा छात्रका लागि बटरफ्लाई, ब्रेस्ट स्ट्रोक र ब्याक स्ट्रोकका खेल सम्पन्न भएका छन् । अन्डर १४ र अन्डर १६ तर्फ छात्रका लागि रिले पौडी पनि सम्पन्न भयो ।

Advertisement

बुधबार गतेबाट सुरु भएको पौडी प्रतियोगिताको शुक्रबार पुरस्कार वितरणसहित समापन गरियो । समापन कार्यक्रममा समाजसेवी तथा व्यवसायी पुष्प बास्तोलाले यस प्रकारका प्रतियोगिताले विद्यार्थीमा चौतर्फी विकास ल्याउनुका साथै जीवनकौशल सीप बढाउने र कुनै समयमा यस सिपले जीवनकै रक्षा गर्न सक्ने विचार राखे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनु रानाभाटको अध्यक्षतामा भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया