स्क्राबेल प्रतियोगिताका लागि कास्कीबाट ७ जना छनौट

पोखरा । स्क्राबेल क्लब नेपालको आयोजनामा भएको जिल्लास्तरीय स्क्राबेल प्रतियोगितामा कास्कीबाट ७ जना विद्यार्थीहरुलाई जिल्लास्तरीय स्क्राबेल प्रतियोगिताको लागि छ्नौट गरिएको छ ।
भदौ ६ गते शनिबार भएको उक्त स्क्राबेल प्रतियोगिता पोखरा सार्वजनिक पुस्तकालय र अमेरिकन कर्नरको समन्वयमा पोखरा सार्बजिक पुस्तकालय,नयाँ बजारमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा १३ वटा स्कुलबाट २६ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । जस्मा सात जना विद्यार्थीहरुले राष्ट्रियस्तरको स्क्राबेल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् । दिब्यजङ थापा र अच्युत लामिछाने (सैनिक महाबिद्यालय), अनुज गुरुङ र प्रवेश मल्ल (हार्वड एकेडेमी), अनिमेष लामिछाने (नेश्नल इेन्भेन्टिभ बोर्डिङ स्कुल), स्मारिका न्यौपाने (एसओएस बालग्राम स्कुल) र सदिक्षा राना (करुणानिधि बोर्डिङ स्कुल) जिल्लास्तरीय स्क्राबेला प्रतियोगिताबाट छनौट भएका छ ।
स्क्राबेल क्लब नेपालका अध्यक्ष केशवराज पराजुलीका अनुसार उनीहरुले आगामी असोज २९, ३० र ३१ गते हेटौंडामा हुने राष्ट्रिय स्क्राबेला प्रतियोगितामा खेल्नेछन् । नेपालभरबाट ३३ वटा जिल्लाबाट १०० भन्दा धेरै प्रतियोगीहरुले राष्ट्रिय स्क्राबेल प्रतियोगितामा भाग लिने छन्। नेपालबाट २५ जनालाई छनौट गरिने छ र उनिहरुले अन्तरराष्ट्रिय स्क्रोल प्रतियोगितामा भाग लिन पाउनेछन् ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया