उपाधिका लागि फुर्वा र वाङचु भिड्ने

समाधान संवाददाता २०८२ भदौ ३१ गते १२:३४

पोखरा ।
पोखरामा जारी दोस्रो संस्करणको नेपाल खुला स्नुकर प्रतियोगिता २०८२ को उपाधिका लागि काठमाडौंका फुर्वा दोर्जे शेर्पा र वाङचु तामाङ भिड्ने भएका छन् । पोखरा १७ ड्यामसाइड स्थित फाइनल स्कोर स्पोट्र्स बारमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा काठमाडौंका शेर्पाले हेटौडाका नितेश खण्डवाललाई ५–१ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा तय गरे ।


अर्को खेलमा काठमाडौंकै तामाङले पोखरेली खेलाडी विकास मर्हजनलाई ५–२ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा सुनिश्चित गरे । फाइनल खेल मंगलबार बिहान १० बजे हुने प्रतियोगिता संयोजक सोम विकले बताए ।


पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रालिको आयोजनामा र कास्की बिलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोस्रो पटक उक्त प्रतियोगिता पोखरामा भदौ १७ गते देखि सुरु भएको हो । पोखरा महानगरको प्रबद्र्धनमा सञ्चालन भएको प्रतियोगितामा देशभरबाट १ सय ३६ खेलाडीको सहभागिता छ ।

Advertisement


प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार २ सय २ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुनेलाई ८० हजार प्रदान गरिनेछ । सेमिफाइनलमा प्रवेश गर्ने दुई खेलाडीलाई भने जनही २५ हजार प्रदान गरिनेछ । प्रतियोगितामा हाइएस्ट ब्रेकरलाई २० हजार र प्रत्येक खेलमा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई ७ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया