जेन–जी आन्दोलनको आगजनीमा जलेकी सोशलादेवीको मृत्यु

समाधान संवाददाता २०८२ असोज ७ गते १३:०१

काठमाडौं । भदौ २४ गते जेन–जी आन्दोलनको नाममा भड्किएको आगजनीले निर्दोष जीवन लियो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगञ्जस्थित घरमा आगो लगाउँदा जलेकी ४५ वर्षीया सोशलादेवी हजाराको मंगलबार निधन भएको छ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ निवासी सोशलादेवी विगत केही वर्षदेखि रुंगटाको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन्। आन्दोलनकारीले रुंगटाको वीरगञ्ज–१३ स्थित निवास परिसरका चारवटा भवनमा आगजनी गर्दा उनी घरको छतमा थिइन्।

आगो दन्किँदा भाग्न नपाएकी सोशलादेवी गम्भीर रूपमा जलेकी थिइन्। काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेकी उनको मंगलबार ज्यान गएको हो।

Advertisement

त्यसै घरको छतमा रहेका अर्का युवक पनि जलेर घाइते भएका थिए। उनलाई भने वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्रको भर्‍याङमार्फत उद्धार गरिएको थियो।
पोखरामा पनि आगजनीका क्रममा २ महिलाको मृत्यु भएको छ ।

अराजक ढंगले सञ्चालन भएको आन्दोलनको आगोले निर्दोष घरेलु कामदारको जीवन भष्म पारिदिएको यो घटनाले स्थानीय समुदायलाई स्तब्ध तुल्याएको छ।

Advertisement

तपाईको प्रतिक्रिया